नागेन्द्र नाथ पोख्रेलका जेठा छोरा खिमराज पोख्रेल हुन भने कान्छा पुत्र हुन् शिवराज पोख्रेल । उनका पिता स्वर्गारोहण भएको अहिले २९ वर्ष पुग्यो । पिता नागेन्द्र नाथ पोख्रेल लोकतान्त्रिक आन्दोलनका योद्धा र नेपाली काङ्ग्रेसका अडिग सिपाही थिए । उनी श्री राष्ट्रिय मा.वि सैनामैना-७,आमिका संस्थापक सदस्य समेत थिए । उक्त विद्यालयमा जेठा छोरा खिमराज पोख्रेलको जन्मदिनको अवसरमा स्व. पिता नागेन्द्रनाथको नाममा अक्षय कोष स्थापना गरेका छन् ।
उनलाई कम्युनिस्ट द्वारा कांग्रेस छाड्न भनी पटक पटक धम्की आउन्थ्यो । उनले कम्युनिस्टको गढ ठाउँमा जनतालाई कांग्रेस पार्टिमा प्रवेश गराउँदा उनी माथी तत्कालीन कम्युनिस्टका कार्यकर्ता द्वारा पटक पटक सांघातिक आक्रमण गरे, आक्रमणमा परि उनी बेहोस भएको र १५ दिन सम्म बेड रेस्ट गरेकी उहाँकि धर्मपत्नी झविकला पोख्रेलले बताउनुहुन्छ । कम्युनिस्टका यस्ता किसिमका धम्की र साघांतिक आक्रमणमा परि घाइते समेत हुँदा पनि उनले आफ्नो ज्यान बरु जाओस् तर कांग्रेस पार्टी नछाड्ने अडान दिन्थे । फलस्वरूप त्यो अडानले कम्युनिस्टको गढमा बाघहरुको बिचमा हरिण बनाए । अन्ततः पण्डितलाई भगवान ठान्ने उनी, जस्ले पण्डितको उच्च सम्मान गर्दथे । पहाड बाट तराईमा बसाईसराइ पश्चात् आफन्त बनाउने माध्यम पण्डित चिन्जान बाट अघि बढेका उनलाई संस्कृतका एक कलंक पण्डित कै मिलोमतोमा अन्य पण्डित सँग सम्बन्ध बढाई आफ्न्त बढाउने न्युँमा उनको त्यो कमजोरिलाई सिकारको जाल थापेर, सैनामैनाको पुच्छर तथा सुद्दोदनको टाउको घमाहा खोलामा तत्कालीन कम्युनिस्टका कार्यकर्ताले वि।संस् २०४९ माघ २७ गते मंगलबारका दिन हत्या गरेका थिए ।जहाँ तत्कालीन समयमा कम्युनिस्ट शासन यति सम्म कि न्यायको तराजुमा समेत कम्युनिस्टले लेपन गरिएको हुँदा हत्यारा पत्ता लाग्दा लाग्दै पनि अगाडि नै हुँदा पनि केही दिनको तारिखमा झिकाई रिहाई गरियो, त्यो हत्या काण्ड अनि स्वर्गीय नागेन्द्र नाथ पोख्रेलको न्याय त्यसै ढिसमिस भयो । त्यस समयमा दर्दनाक अवस्थामा रहेका उनका छोराहरू जेठा छोरा खिमराज पोख्रेल, वर्ष ५ का शिवराज अनि उनका बहिनिहरु पबित्रा र निरु पोख्रेललाई काखमा लिएर झविकला पोख्रेलले आफ्नो कोख रित्तो बनाउनु पर्यो ।
२०५० सालमा दुखका बिचमा दुख थपियो, भएको एउटा बासको झुपडिमा रहेको गाँस र कपास पनि नरहने गरि मध्य रातमा पापिस्ट वैरी द्वारा सपनै सपना जस्तै मध्य रातमा झुपडी खरानी बन्न पुग्यो, केही लत्ता कपडाका डढेला काला डल्ला यत्र तत्र भए । बल्लतल्ल निद्रा बाट बिउझिएर ज्यान जोगाउन उनको परिवार सफल रह्यो । खाना पकाउने कसौडी कुचुक्किएर कालो भएको शिवराजले हल्का सम्झिन्छन् । बाबुको भएको एउटा टिनको बाकसमा बसेर आफ्नो झुपडी खरानी देख्दा पोख्रेल परिवारलाई मध्यरातको सपना अन्त्य नभई विपनाको जति प्रतीक्षा गर्दा पनि त्यो त्यसै बाट नै सुरु भयो, जुन विपना थियो । धैर्य धारण गर्नुको शिवाय केही थिएन ।यसपछी पोख्रेल परिवारमा दुखका संघर्ष अझ बलिया भएर अघि बढ्न थाले । नाजुक अवस्थाका बाबजुद पनि अनेकौ संघर्ष गर्दै आमा दिदी र दाइको सहयोग बाट कक्षा ५ सम्म श्री राष्ट्रिय मा।वि आमि, कक्षा ६र७ श्री रामपुर मा।वि कलौनी बाट दुई भाइले अध्ययन गरे र कक्षा ८र९ गरि श्री बुद्द स्कुल देउवपार बाट शिवराजले एसएलसी उत्तीर्ण गरेका उनी २०६१ मा बुटवल बहुमुखी क्याम्पसमा कक्षा ११ मा भर्ना हुदै पिताको सिद्धान्तलाई आत्मसात् गर्दै विद्यार्थी राजनीति सुरु गर्दै उनी बुटवल बहुमुखी क्याम्पस बाट ंद्द पास गरे । जिम्मेवारी थपिदै जादाँ उच्च शिक्षाका लागि बिचमै विचलित हुन पुग्यो ।उता खिमराज पोख्रेल बाध्यता गर्दा उमेर नपुग्दा नपुग्दै पनि १७ वर्षमा १८ वर्ष भएको नागरिकता बनाई राष्ट्रको माया छातिमा र पारिवारिक जिम्मेवारी काधमा राखी श्रमको लागि दुबै पलाएन भए । उनी आफू बाध्यताले वैदेशिक पलायन भएता पनि आफ्नो पार्टी र देशको माया असिम भएको बताउन्छन् ।वि।संस् २०६२ सालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धको आन्दोलनमा नेविसंघका योद्धा शिवराजले प्रहरी प्रशासनको अश्रु ग्यास सहित लठ्ठी चार्ज खादाँ ३ टाउकोमा चोट पुगेकाले ३ दिन अस्पतालमा उपचाररत हुनुपर्यो । एक कुशल व्यपारिले आन्दोलनको क्रममा प्रहरी प्रशासनको हात बाट फुत्केका उनलाई सटर भित्र लुकाएर जेलखानको मामाघरमा पुग्नु परेन । २०६२र०६३ मा राजतन्त्र फाल्नको लागि घर बाट साइकल यात्रा बाट बुटवलमा सहभागी थिए । अन्ततः उनी जस्तैस् गणतन्त्रका भोकाहरुको जनसागर बाट कराई र लडाई पश्चात् राजतन्त्रको अन्त्य भइ मुलुकमा गणतन्त्र स्थापना भयो । मुलुकको शासन फेरियो । विं सं। २०६३ को जनआन्दोलन पछि जेठा छोरा खिमराज ४ वर्षको वैदेशिक रोजगार पछि नेपाल फर्किए, संयोगको कुरा के भने उनी नेपाल फर्किदा माओवादिको संकटकाल पछि पहिलो पटक नेपालमा नाइट चलेको सुरुवाती दिन, र पहिलो नाइट थियो त्यो नाइट । जसमा खिमराज नेपालि माटोमा फर्किएका थिए ।
वि.सं २०६४ सालमा दुई भाईमा जिम्मेवारी बढ्दै गएको महुशुस गरि आर्थिक स्तरले राजनीतिको भोका पोख्रेली यी दुई भाईलाई व्यवसाय तर्फ मनतान्त्यो, निडर र शाहासी दुई भाईले ऋण काडि करिब सवा लाखमा बुटवलमा एउटा होटल किन्ने निर्णय गरि रु. १०,००० र अग्रिम पेश्की बुजाए । बिडम्बना आट र साहशका उदाहरण खिमराज र शिवराज सीप र व्यावसाय कलाको दक्षतामा आफू अनुत्तीर्ण भएको महुशुस गरि, दुई दिन मै व्यावसायको भुङ्गो बाट पेश्किको माया मारी हात झिके । सिकाईका लागि उनिहरु होटलकै कामदारको रुपमा रु.१५००र( मासीक ज्यालादरमा श्रम गरि होटल व्यवसायमा सीप र अनुभव सङ्गाल्दै अघि बढे । अन्ततः व्यवसायमा दक्ष बनी पुन २०६५ सालमा बुटवल तालिम केन्द्र अगाडि खाजा पसल बाट आफ्नो व्यवसाय थालनी गरे । अहिले पनि उनीहरु रुपन्देहीमा छुट्टाछुट्टै प्रतिष्ठित होटल व्यावसाय नै गरिरहेका छन् ।व्यावसाय गर्दै राजनीति एवं समाजसेवीमा पनि सक्रिय सहभागीता जनाउने उनिहरुले आफ्ना आफ्ना जन्म दिन लगायतका विशेष दिन एवं विशेष समयमा आश्रम एवं विद्यालयमा आर्थिक,भौतिक एवं खाद्यान्न तथा जिन्सी सहयोग सुरु गर्दै आज सम्म निरंतरता दिदैँ आएका उदाहरण दिइराख्नु आवश्यक छैन ।
आफ्नो गाउँमा स्थापित स्टार स्पोर्ट्स क्लब सैनामैना-७ लम्टियामा खिमराज क्लबका सल्लाहकारमा रहेर एवं शिवराजले सचिवको भुमिका निर्वाह गर्दै क्लब दर्ता समेत गरि सैनामैनामा कृकेट के हो भनेर चिनाउने योजनामा कृकेटको हब बनाएका छन् । उक्त क्लब बाट पहिलो दोस्रो तेस्रो हुँदै चौथो जिल्ला स्तरीय जिल्ला स्तरिय खुल्ला नकआउट कृकेट सम्पन्न भएका छन । अहिले उक्त क्लबका अध्यक्षमा खिमराज छन् , उक्त क्लबमा सल्लाहकार,अध्यक्ष, सचिवको भुमिका निर्वाह गर्दा उनिहरुले आर्थिक सहयोग पनि असीमित गरेका थिए । राजनीतिको साथसाथै उनी सामाजिक संघ संस्थामा आबद्द हुने क्रममा शिवराज अहिले नेपाल घरबहाल संघको टोल संयोजक बाट बुटवल उपमहानगरपालिका अध्यक्ष हुदैँ अहिले नेपाल घरबहाल सरोकार सघंको केन्द्रिय सदस्यमा समेत निर्वाचित भएका छन् । सामाजिक व्यक्तित्व शिवराज लियो क्लब अफ सैनामैनाका अध्यक्ष सल्लाहकार (2018/019) रहेर समेत भुमिका निर्वाह गरे । सामाजिक सेवाको लागि निस्वार्थ सेवक देखिने शिवराज पोख्रेल अहिले नेपाल स्वयंसेवक सघं लुम्बिनी प्रदेशको अध्यक्षमा समेत रहेका छन् ।
नेपाली काङ्ग्रेस भएकै कारण पिता गुमाएका नागेन्द्रनाथका दुई छोराहरु समयले सक्दा सम्म र परिवेशले मिल्दा सम्म नेपालि काङ्ग्रेसका कार्यक्रममा सहभागी जनाउन्छन् । उनीहरु काङ्ग्रेसको प्रगतिको लागि कुनै पनि कसुर बाकिँ नराख्न्ने उनको दैनिकि र राजनैतिक व्यवहारले देखाउन्छ । सैनामैना वडा नं. ७ मा नेपाली काङ्ग्रेसका सदस्य रहेका शिवराज पोख्रेल अहिले नेपाली काङ्ग्रेसको भातृ संगठन विपि विचार राष्ट्रिय समाज रुपन्देहीको जिल्ला सदस्यमा पनि छन् ।सामाजिक सेवा भनेपछि हुरुक्कै हुने खिमराज पोख्रेलले संसार भरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गरि नेपाल सरकारले गरेको पहिलो र कडा निषेधाज्ञाले गर्दा भोकमरिमा रहेका ज्यालामजदुर एवं बटुवा तथा यात्रीलाई कैयौं दिन सम्म सैनामैना(५, को होटल गुनाखर होलिडे बाट निस्शुल्क सेवा संचालन गरेका थिय, यसले हजारौं भोकाहरुको पेट भरिएको थियो । खानाका लागि मात्रै भनेर टाढा टाढा बाट आउन्थे । आफ्नो व्यवसायलाई यसरी निस्शुल्क गराई सेवा गराउने पहिलो नेपाली व्यवसायी थिए खिमाराम १ त्यति बेला मात्र निस्शुल्क खाना खुवाउन छाडे, जब नगरपालिका द्वारा खाना खुवाउन निषेध गरियो । यसै कारण पनि होला यति खुल्ला मनका खिमराजलाई २०७७ सालको होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशनमा कोषाध्यक्ष पदमा उनी सर्वसम्मतर निर्विरोध निर्वाचित भए,जबकी निर्विरोध निर्वाचितमा उनी एक्लो थिए । त्यसो त कुशल व्यवसायी खेमराज यसको ९ वर्ष अगाडि नै होटल तथा रेस्टुरेन्ट व्यवसायी सघं रुपन्देहीको सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
राजनितीमा पनि उस्तै सकृय खिमराज नेपाली काङ्ग्रेस सैनामैना वडा नंस् ७ का सल्लाहकार हुन भने नेपाल तरुण दल सैनामैनाका कोषाध्यक्ष हुन् । राजनीतिमा खरो रुपले उत्रने उनले सैनामैना(७ को वडा कार्यालयको भवन उद्घाटन कै क्रममा अपांग मैत्री नभएको भन्दै तालाबन्दी गरे, अन्ततः भवनमा आवश्यक सम्पादन भयो ।सामाजिक सेवाका कार्य र नेपाली काङ्ग्रेसका योजनामा पनि विगतमा जस्तै आगामी दिनमा पनि कुनै पनि भावना र सेवामा परिवर्तन नहुने प्रतिबद्धता जाहेर गर्ने यी दुई भाइहरुले नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा के आकाङ्क्षा लिएका छन् त रुपदमा भन्दा निस्वार्थ कार्यमा विश्वास गर्ने खिमराज र शिवराज पोख्रेलले नेपाली काङ्ग्रेसको आसन्न १४ औँ महाधिवेशनमा अग्रज नेतागण र साथिभाइहरुको माग, सल्लाह र सर्त बमोजिम अघि बढ्ने उनिहरुले बताएका छन् । #lumbinipress











