भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले कर्णाली प्रदेश सरकारलाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्मामिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेकी हुन् ।
अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विषम परिस्थितिमा प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् । यस अघि गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के।सी।ले जानकारी दिए ।












