तेलको प्रयोगले हट्छ शनीको ग्रह दोष

प्रकाशित मिति:

काठमाडौँ /हिन्दु धार्मीक मान्यता अनुसार दैनिक जीवनमा उपयोगी तेलको प्रयोग र विभिन्न उपायले मनोकामना पुर्ण हुन सक्छ । शनि देवका साथै हनुमानको कृपा पाउन पनि तेलको उपायले धेरै लाभ मिल्ने धार्मीक विश्वास छ ।

कुन तेल के मा प्रयोग

चमेलीको तेल-हरेक मंगलवार वा शनिवार हनुमानलाई सिन्दूर र चमेली तेल अर्पित गरे मनोकामना पुर्ण हुने धार्मीक विश्वास छ । तर दियो बाल्नु भने हुदैँन हनुमानको प्रतिमामा दल्नु पर्दछ ।

सरस्युको तेल-शनि ग्रहको दोष लागे सरस्युको तेलमा आफ्नो छाया हेरी शनिवार साँझ शनि मन्दिरमा त्यसलाई चढाएमा लाभ मिल्ने धार्मीक विश्वास छ । यस अलावा अलग्गै पनि तेल चढाउन सकिन्छ । यो उपाय गरेमा शनिदेवको कृपा बनी रहने धार्मीक विश्वास छ ।

तिलको तेल-लगातर ४१ दिनसम्म पीपलको रुख मुनी तिलको तेलमा दियो बालेमा असाध्य रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ ।