सवारी लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा २० भदौ बाट सञ्चालन हुने

प्रकाशित मिति:

कोभिड १९ महामारीका कारण स्थागित सवारी लाइसेन्सको लिखित तथा ट्रायल परीक्षा २० भदौ बाट सञ्चालन हुने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्नका लागि देशभरिका यातायात कार्यालयहरूलाई पत्राचार गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । पहिलो चरणमा आवेदन दिएकाहरूको लिखित तथा ट्रायल परीक्षा पहिलो चरणमा लिइने र त्यसपछि मात्रै नयाँको लागि आवेदन खोल्ने तयारी भएको विभाग प्रवक्ता डा। लोकनाथ भुसालले बताए ।

थप समाचार