अर्घाखाँचीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
काठमाडौंबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा नगरपालिका(३ बरबोटमा शनिबार बिहान दुर्घटनामा परेको हो ।
इलाका प्रहरी कार्यालय ठाँडाका अनुसार हाइसमा १० जना सवार थिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।











