तनहुँ कांग्रेस महाधिवेशन : घिरिङ गाउँ सभापतिमा थापा र कुमालको दाबी

प्रकाशित मिति:

नेपाली कांग्रेसको जारी १४ औ महाधिवेशनमा तनहुँको ८५ वटा वडाको अधिवेशन सम्पन्न भैसकेको छ। यहि ९ गते हुने नगर र गाउँ अधिवेशनको लागि उम्मेदवारहरू भेटघाट र छलफलमा व्यस्त देखिन्छन्।तनहुँ कांग्रेसका अधिकांश नेताहरूलाई चुनावी रौनक छाएको छ। घिरिङ गाउँपालिका पनि सभापतिका उम्मेदवारहरू क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो पक्षमा माहोल मिलाउन लागिपरेका छन्।

घिरिङ सभापतिमा सुमन थापा मगर र गंगा कुमालको प्रमुख प्रतिस्पर्धा हुने प्रवल संभावना छ।दुवैले आआफ्नो अडान कायमै राखि रहेका छन्। थापा साविक क्षेत्र न।२ को नेविसंघका अध्यक्ष र वर्तमान घिरिङ गाउँपालिकाको उपसभापति हुन्। कुमाल वडा न।१ का वडा अध्यक्ष र कार्यसमितिका सदस्य हुन्। घिरिङ कांग्रेसमा थापा र कुमाल दुवैको प्रभाव उस्ताउस्तै छ।थापा र कुमालका अलवा सभापतिमा चुननारायण श्रेष्ठ र पशुपति पोख्रेल पनि दावी गर्दै आइरहेको छन्।

थप समाचार