संविधान दिवसको अवसरमा बोर्डगाउँमा १ सय १ युटिन रगत संकलन

प्रकाशित मिति:

कपिलबस्तु ३ असोज। बाणगंगा नगरपालिका ८ वोर्डगाउँमा १ सय १ युनिट रगत संकलन गरिएको छ । नेपाल नियमित रक्तदान सघं कपिलवस्तुको अयोजना र विभिन्न संघ संस्थाहरुको सह अयोजनामा असोज ३ गते आईतबार संविधान दिवसको अबसरमा १ सय १ युनिट रगत संकलन गरिएको हो । नेपाल नियमित रक्तदान सघं कपिलवस्तुका अध्यक्ष माधव घिमिरेले कोरोना महामारीको समयमा रगत अभावलाई परिपूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । अध्यक्ष घिमिरेले रक्तदान जीवनदान हो, हरेक तीन महिनामा रगत दिन मिल्छ । रक्तदान गर्नु भनेको आफू स्वस्थ्य रहुनु पनि हो । त्यसैले नेपाल नियमित रक्तदान संघले नियमित रक्तदान कार्यक्रम गर्दै आएको जनकारी समेन दिए ।बृहत रक्तदान कार्यक्रम देविलाल घिमिरेको स्वागत र मिलन चालीसेको संचालनमा सम्पन्न रक्तदान कार्यक्रम कपिलबस्तु जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँ चोक स्थित दिगो फार्मेसीको अगाडी आयोजना गरिएको कार्यक्रममा रेडक्रस सोसाईटी बुटवलको प्रविधिक सहयोग रहेको थियो ।

रक्तदान बाणगंगा वडा नं ८ वडा कार्यलय, मानव अधिकार तथा शान्ती समाज कपिलबस्तु, कपिलबस्तु जेसीज, घरघरमा शिक्षा तथा आत्मनिभएर विकास संस्था नेपाल (इएसडियो), लाययन्स क्लब अफ बाणगंग, दिगो फार्मेसी, रोट्रयाक क्लब अफ कपिलबस्तु मिडटाउन, सुर्योदय युवा क्लब, सिद्धिपुर युथ सोसाइटी, विवि स्टडी युथ सर्कल कपिलबस्तु, नवप्रभात क्लब ठाकुरापुर, मोतिपुर युवा क्लब, मालिका युथ क्लब, रोटरी क्लब अफ कपिलबस्तु मिडटाउन, होराइजन अंगे्रजी आवासिय माविको सह–आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको थियो । उक्त संविधान दिवसको अवसरमा भएको वृहत रक्तदान नेपाल नियमित रक्तदान सघं कपिलवस्तुका अध्यक्ष माधव घिमिरेको अध्यक्षता, बाणगंगा नगरपालिका वडा ८ वडा अध्यक्ष गुणनिधी भुसालको प्रमुख अतिथ्यता रहेको बृहत रक्तदान कार्यक्रममा रेडक्रस सोसईटी लुम्बिनी प्रदेशका महासचिव लाल प्रसाद पंगेनी, संस्थाका केन्द्रीय उपाध्यक्ष लेखनाथ भण्डारीको विष्ठि अतिथ्यता रहेको थियो भने, समाजिक तथा बौद्धिक व्यक्तित्वहरु हिमलाल पौडेल, टोपनारायण भण्डारी, हुमनाथ पौडेल, रबिराज आचार्य, प्रेमनारायण पौडेल लगायतको उपस्थिति रहेको थियो ।