उपचार गर्न थाइल्यान्ड गए माओवादी नेता पुन

प्रकाशित मिति:

काठमाडौं, असोज १३ – उपचार गर्नका लागि नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन थाइल्यान्ड प्रस्थान गरेका छन्।नेता पुन आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट थाइल्यान्ड प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। उनी केही समयदेखि बिरामी छन्।

उनलाई जण्डिसको समस्या देखिएको छ। वंशानुगत समस्या भएका उनी थप उपचारका लागि थाइल्यान्ड गएका हुन्।नेता पुनको सचिवालयका अनुसार यसअघि सुमेरु अस्पतालमा उपचार भएको थियो। चिकित्सकहरुकै सल्लाहमा बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइने भएको छ।चिकित्सकहरुका उनुसार उनको शरीरमा जण्डिसको मात्रा अस्वभाविक रुपमा बढेको छ। उनी चार वर्ष अघि पनि स्वास्थ्य समस्या देखिँदा बैंकक गएका थिए।पुनसँगै उनकी पत्नी ओनसरी घर्ती पनि थाइल्यान्ड गएकी छन्।

थप समाचार