सुन्दर र जवान देखिन अपनाउनुपर्ने ८ सुत्र

प्रकाशित मिति:

मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्‍न हरसम्भव प्रयास गरिरहेको हुन्छ। सुन्दर भन्‍नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्‍ने गरेका छन्। तर, अनुहार मात्र हेरेर सुन्दरताको मापन हुँदैन।सुन्दर र जवान देखिन शीर‍देखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, लवाई इत्यादिले सुन्दर बन्‍न सघाउँछ।

के गर्ने?

 
ठिक समयमा सुत्‍ने– शरीरलाई एकदम सुन्दर बनाउन सबैभन्दा पहिला सुत्‍ने समय ठिक हुनुपर्छ। वयस्क व्यक्तिले दैनिक ६ देखि ८ घन्टा सुत्नुपर्छ। जसले हाम्रो शरीरलाई फ्रेस बनाउँछ। बेलुका चाडै सुत्‍ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ। दैनिक सुत्ने समय एउटै बनाए मात्र हाम्रो शरीर र अनुहारको लागि राम्रो हुन्छ। शान्त वातावरणमा सुत्ने गर्नुपर्छ।

सन्तुलित भोजन गर्ने– सन्तुलित भोजन भन्नाले शरीरलाई सक्षा गर्ने खानालाई बुझ्नु पर्छ। सन्तुलित भोजन मिलाएर गर्नु शरीरका लागि फाइदाजनक छ। सकेसम्म बढी मात्रामा सरियो साग, फलफुल, बदाम, काजु, ओखर, आल्मन भएका खानेकुरा दैनिक सेवन गर्नुपर्छ। जसले गर्दा शरीर सुन्दर र जवान देखिन्छ। एन्टिअक्सिजन भएका खानेकुरा जस्तैः ग्रिन टि, सुगर फ्रि बढी मात्रामा खाने गर्नुपर्छ। रक्सी, कोल्डड्रिङ्स, वाइन, जस्ता पेय पदार्थ घटाउने। क्याफिन, कफीको मात्रा कम गर्नुपर्छ।

घामबाट जोगिने- जहिले पनि घाममा निस्कनु अगाडि सन्सक्रिम लगाउनुपर्छ। दैनिक रुपमा १५ देखि २० एसपिएस भएको क्रिम चारदेखि पाँच पटक लगाउनुपर्छ, जसले मुहारलाई सधैं चमक दिन्छ।

धूमपान नगर्ने धूमपानले श्वासप्रश्वासलाई मात्र नभएर अनुहारलाई पनि असर गर्छ। त्यसैले सधैं सुन्दर र जवान देखिन धूमपान गर्नु हुँदैन।

शारीरिक व्यायाम गर्ने– बिहान कम्तीमा ३० मिनेट व्यायाम गर्नुपर्छ। शारीरिक व्यायाम भन्नेबित्तिकै कुद्नैपर्छ भन्ने छैन। विस्तारै हिँडडुल गर्ने, घरको तलमाथि गर्ने गर्नुपर्छ। दैनिक ४ देखि ६ लिटर पानी पिउनुपर्छ। पानीले अनुहारमा आएका पिम्पलहरु घटाउने काम गर्छ र व्यायामले शरीरलाई फ्रेस बनाउनुका साथै शरीर स्वस्थ राख्न मद्दत गर्छ।

अनुहारमा साबुनको प्रयोग नगर्ने- साबुनमा बढी मात्रामा फिँज हुने भएकोले अनुहारमा साबुन नलगाउँदा राम्रो हुन्छ। साबुनले छाला सुख्खा हुने र चाँडै चाउरिने समस्या देखिन्छ । साबुनको सट्टा सलफेट फ्रि फेसवास गरी सन्सक्रिम लगाउनु उपयुक्त हुन्छ। यसले छालालाई नरम बनाउनुका साथै चमक दिने काम गर्छ।

केमिकलको प्रयोग नगर्ने- कतिपय क्रिममा केमिकलको मिसावट भएको पाइन्छ। त्यस्ता क्रिमको प्रयोगले हानि पुर्‍याउँछ। साथसाथै अनुहारमा पाउडर प्रयोग गर्नुहुँदैन। पाउडरले अनुहारलाई सुख्खा बनाउँछ र चाँडै चाउरी बनाउँछ।

घोप्टो परेर नसुत्‍ने– सुताइले सुन्दरतालाई धेरै प्रभाव पारिरहेको हुन्छ। त्यसैले सुत्दा विशेष ध्यान दिनु जरुरी छ। घोप्टो परेर सुत्ने गर्दा अनुहारमा पिम्पल आउने गर्छ। नरम खालको सिरानीको प्रयोग गर्नु राम्रो मानिन्छ।