नेकपा (एमाले) का सचिव एवं प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको प्रथम विधान महाधिवेशनले सुदृढ र भावनात्मक एकताका लागि सन्देश दिएको बताएका छन्।
ललितपुरको गोदावरीमा यही असोज १५ देखि १७ गतेसम्म भएको विधान महाधिवेशनमा ताप्लेजुङबाट सहभागी प्रतिनिधिका लागि आज आयोजित चियापान कार्यक्रममा सचिव भट्टराईले महाधिवेशनको समापनका अवसरमा अध्यक्ष केपी शर्मा ओलीले एकताबद्ध भई पार्टीलाई सक्रिय बनाउन गरेको घोषणा सकारात्मक भएको बताएका हुन्।












