सरकारले शेयर कारोबार प्रकरणमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। एक मन्त्रीका अनुसार अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए। मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री शर्माको प्रस्तावलाई स्वीकृत गरेको हो।
अध्यक्ष ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको हिमालखबरले समाचार प्रकाशित गरेको थियो। त्यसपछि अर्थ मन्त्रालयले छानबिन थालेको थियो।मन्त्रालयले गठन गरेको समितिले ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको पाएको थियो। समितिले गरेको सिफारिशका आधारमा आज ढुंगानालाई बर्खास्त गरिएको थियो।
उनलाई २०७६ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो।











