रुसले अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्मको रेकर्ड बनाउँदै

प्रकाशित मिति:

रुसले अन्तरिक्षमा छायांकन गरिएको पहिलो फिल्मको रेकर्ड बनाउँदै छ । त्यसका लागि एक अभिनेत्री र एक फिल्म निर्देशकलाई अन्तरिक्षमा पठाएको छ । अभिनेत्री युलिया पेरेसिल्ड र निर्देशक क्लिम सिपेन्को मंगलबार अन्तर्राष्ट्रिय स्पेस स्टेसनका लागि उडेका छन् ।

अन्तरिक्ष यात्री एन्टोन स्काप्लेरोभसहितको ‘सोयुज एमएस–१९’ रकेट कजाखस्तानको बैकोनुर स्टेसनबाट अन्तर्राष्ट्रिय स्पेस स्टेसन ९आईएसएस०का लागि उडेको हो । एन्टोनले तीनपटक अन्तरिक्ष यात्रा गरिसकेका छन् । उनीहरूले अन्तरिक्षमा ‘द च्यालेन्ज’ नामक फिल्म सुटिङ गर्नेछन् । १२ दिन अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा बसेर उनीहरू फर्किने छन् । ३७ वर्षीया अभिनेत्री पेरेसिल्डले अन्तरिक्षमा फिल्म सुटिङ शारीरिक र मानसिक दुवै हिसाबबाट गाह्रो काम भएको बताइन् । ३८ वर्षका निर्देशक सिपेन्कोले रुसमा धेरै सफल व्यावसायिक सिनेमा निर्देशन गरिसकेका छन् । उनीहरूले अन्तरिक्षमा फिल्म सुटिङका लागि चारमहिने कडा तालिम लिएका थिए । करिब ६ घण्टाको उडानपछि उनीहरू आईएसएसमा भित्रिने छन् ।

थप समाचार