सीता मृत्यु प्रकरण : आरोपी ३ जना पुर्पक्षका लागि थुनामा

प्रकाशित मिति:

गत भदौ २० गते रुपन्देहीको तिलोत्तमा ५ मा मृत्यु भएकी सीता भण्डारीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा ३ जनालाई पुर्पक्षका लागि थुनामा पठाईएको छ । मृतक सीता भण्डारीका श्रीमान् टीका पौड्याल ,जेठाजू हरि पौड्याल र उनकी दिदी बिष्णु पौड्याललाई बुधवार पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरीले जनाएको छ । थुनछेक बहसपछि उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइएको रूपन्देही प्रहरी प्रबक्ता डिएसपी सत्य नारायण थापाले बताए । घटनाबारे थप अनुसन्धानका भइरहेको उनले बताए ।

मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते बिहान आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा भने सीताले झुण्डिएर आत्महत्या गरेको देखिएपनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै न्याय मागिरहेको थियो । मृतक भण्डारीको शवको अहिलेसम्म पनि अन्त्येष्टी गरिएको छैन ।

थप समाचार