समृद्धका प्रदेश र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि उद्योग व्यापार मैत्री वातावरण सरकाराले लगानी गर्दछ । –मुख्यमन्त्री कुलपप्रसाद केसी
असोज २३ बुटवल -लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशबासीको नारालाई साकार पार्नका लागि प्रदेशवासीको जीवनलाई समृद्धि बनाउनको लागि उद्योगको तथा व्यापार र क्षेत्रको महत्पूर्ण योगदान रहेकोले प्रदेश सरकारले उद्योग मैत्री नीति निर्माण गरी प्रदेश समृद्धिको यात्रालाई अगाडि बढाउने बताउनुभयो । सरकारले लगानी मैत्री वातवरण गर्नका लागि लागि सरकार प्रतिवद्धत रहेको भएको बताउनुभयो ।
यस्तो विचार उद्योग व्यापार संगठन तिलोत्तमाको ७ आँै साधरण सभा एवं चौथो अधिवशेनमा बताउनुभएको हो ।सरकारको मुख्य कार्यभार भनेको लगानी मैत्री वातावरणको निर्माण गरी प्रदेशबासी जीवनलाई आमूल परिवर्तनका लागि सरकारको पहिलो प्राथमकिता भएको बताउनभयो ।उहाँले लुम्बिनी प्रदेश सरकारले पछिल्लो चरणमा लिएको बजेट उद्योग मैत्री रहेको बताउँदै सबै उद्योग व्यावसायीहरु लगानी गरी आम जनतालाई रोजगार सेवा दिनका लागि अगाडि बढाउनको लागि अनुरोध गर्नुभयो ।उहाँले राजनीतिक संकट र कोभिडको संक्रमणबाट थलिएको लुम्बिनी प्रदेश र नेपाल अब विस्तारै समृद्धि र सहजतातिर लागेको बताउनुभो ।
मुख्त्रमन्त्री केसीले प्रदेशमा कोरानाको महामारीबाट निकै प्रभावित भएुकोले अर्थतन्त्र चलायमान नभएको बताउँदै मुलक नै आक्रान्त भएको बताउँदै व्यापार विनियममैमा ठूलो संकट आई पुगेको बताउनुभयो । कोभिडबाट थलिएको व्यापार र उद्योग क्षेत्रलाई उत्थान गर्नका लागि विद्युत महसुल, राजश्वमा छुट दिन सकिने बताउनुभयो ।उहाँले व्यवासयीबाट आर्थिक मन्दी रहेको बेलामा अर्थतन्त्रलाई चलायमा गराउनको लागि अगाडि बढ्नको लागि अनुरोध गर्नुभयो ।सरकाले सरकारले प्रदेश बैंक, नयाँ नमूना कार्य गर्ने र जनताको रोजगार र उपचार शिक्षालाई पहिलो प्राथमिकता दिनएको बताउनुभो भयो । उहाँले सम्पूर्ण व्यवासायी एवं नागरिकलाई मंसिरमा कोरोना विरुद्धको खोप प्रदान गर्ने बताउनुभयो ।उहाँले तिलोत्ममका व्यवसायीहरुले रेल चलाउने सपना होइन वास्तविकरुपमा चलाउने भए सरकारले अगाडि बढाउनु पर्ने बताउनुभयो ।












