बुटवल झडप : मृतकका परिवारलाई लुम्बिनी सरकारले एक लाख रुपैयाँ दिने

प्रकाशित मिति:

काठमाडौं । रूपन्देहीको मातिपुर औद्योगिक क्षेत्रको घटनामा मृत्यु भएका परिवालाई लुम्बिनी प्रदेश सरकारले एक लाख रुपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका १७ मा सुकुम्बासी र प्रहरीबीच भएको झडपमा मृत्यु भएकाको परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ दिने भएको हो ।

औद्योगिक क्षेत्रका सुकुम्बासी र प्रहरीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ ।आज बसेको सर्वदलीय बैठकले मृतकका परिवारलाई रु एक लाख दिने निर्णय गरेको लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयलका उपसचिव दामोदर भण्डारीले जानकारी दिए ।

घटनामा घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चार जना प्रहरीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

 

थप समाचार