सह –प्राध्यापक डाक्टर न्यौपाने सम्मानीत

प्रकाशित मिति:

सबल डेक्स \ लामो समयदेखी शैक्षीक क्षेत्रमा क्रियाशिल डा. खिमानन्द न्यौपाने सम्मानीत हुनुभएको छ । सैनामैना ७ देवापारमा रहेको सरस्वती माबीले आफ्नो ३१ औ बार्षीकउत्सब तथा अभिभाबक दिवसको अबसर पारेर न्यौपानेलाइ बिशेष सम्मान गरेको हो ।

त्रिभुवन बिश्वबिधालय बुटवल बहुमुखी क्याम्पस भौतीकशास्त्र बिषयका सहप्राध्यापक समेत रहनुभएका न्यौपानेले केहिसमयअगाडी भारतको मिजोरम बिश्वबिधालयबाट भौतीकशास्त्रमा बिधाबारीधि हासील गर्नुभएको छ । न्यौपानेलाइ बार्षीकउत्सवका अबसरमा प्रमुख अतिथि प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य भुमिश्वर ढकालले सम्मान गर्दै शैक्षीक क्षेत्रको उन्नती र प्रगतीका लागी अझै महत्वपुर्ण भुमिका खेल्न शुभकामना दिनुभयो । कार्यक्रम उत्कृष्ट बिधार्थीहरुलाइ सम्मान तथा साताब्यापी कार्यक्रमका बिजेताहरुलाइ पनी पुरस्कृत गरिएको बिधालय ब्यबस्थापन समितीका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।