काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तर प्रदेशस्थित कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । उनले कुशीनगरबाट वुद्ध जन्मभूमि लुम्बिनी, कपिलवस्तु र भारतमा पर्ने कुशीनगर, सारनाथ, बोधगया लगायतका बुद्ध भूमिमा बौद्धमार्गी पर्यटकको वृद्धि हुने र त्यसको लाभ प्राप्त हुने बताए ।
उनले उत्तरप्रदेशमा कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण केन्द्र सरकारको प्राथमिकतामा रहेको भन्दै उनले भगवान बुद्धसँग जोडिएका स्थानको विकास गर्न र श्रद्धालु भक्तजनको सुविधा विस्तारका लागि भारतले विशेष ध्यान दिएको बताए ।
‘भगवान बुद्धको जन्मभूमि लुम्बिनी यहाँबाट धेरै टाढा छैन,’ उनले भने । भारतीय प्रधानमन्त्री मोदीले बुद्धिस्ट सर्किटका लागि कुशीनगर केन्द्रमा रहेको भन्दै कपिलवस्तु, लुम्बिनी, कुशीनगर, सारनाथ, बोधगयाको नाम लिदैं उनले भारतका मात्र नभइ श्रीलंका, दक्षिण कोरिया, थाइल्याण्ड, सिंगापुर, लाओस्, कम्बोडीया, जापान लगायत मुलुकका बुद्धमार्गीका लागि श्रद्धा र आकर्षणको केन्द्र हुने बताए ।
The airport in Kushinagar fulfils a long-standing dream of the people of this great land, which is closely associated with Lord Buddha.
Congratulations to the people of Kushinagar and surrounding areas. pic.twitter.com/thBlFYld88
— Narendra Modi (@narendramodi) October 20, 2021











