श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने

प्रकाशित मिति:

नरेश के.सी. भैरहवा, कार्तिक ३ । जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने कार्यक्रम तय भएको छ । हिन्दू धर्मका धर्माचार्य तथा धर्मगुरुहरुमा वर्तमान समयमा सबैभन्दा उच्च पदमा रहेका शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंग सम्बन्धीत संघसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका छन् ।

शंकर आचर्यको नेपाल भ्रमणको बारेमा जानकारी दिन आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोलधामका पीठाधीस धर्मगुरु ब्यासाचार्य किशोर गौतमले शंकरआचर्य यहि कार्तिक ७ गते भैरहवा आउने कार्यक्रम तय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भारतको पूर्वि क्षेत्रमा रहेको जगन्नाथ धाम का पीठाधीस समेत रहनुभएका जगतगुरु शंकरआचर्य भैरहवा आउने मिति तय भएको छ । उहाँ ७ गते लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आउनुहुन्छ, । अर्कोदिन महेन्द्रसभा गृहमा धार्मिक सभा हुनेछ । ”

ब्यासाचार्य किशोर गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान ओमकार परिवारका सबैलाई सहभागि हुन अनुरोध समेत गर्नुभयो । उहाँले भन्नुभयो, “धर्मसभामा हिन्दूधर्मका प्रकान्ड विद्वानहरु, धर्मगुरुहरु, पीठाधिसहरुको पनि सहभागी हुनेछ । पत्रकार सम्मेलनमा बोल्दै धर्मसभा व्यवस्थापन समिती मूल आयोजक समितीका संयोजक समेत रहनुभएको उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले हिन्दू धर्मको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनकोलागि गरिने सभामा सबै नेपालीहरुको सहभागितको अपेक्षा गरिएको बताउनुभयो ।संयोजक शर्माले भन्नुभयो, “हामी कुनै दल विशेषको आग्रहमा वा कसैलाई सत्तामा पुराउनेगरी कार्यक्रम गरेका छैनौं । यो नितान्त हिन्दू र हिन्दूत्वकोलागि गरिने कार्यक्रम हो । सम्पुर्ण ओमकार परिवारहरु यसमा सहभागी हुनुपर्छ । हिन्दू धर्म दर्शनका प्रकान्ड विद्वानहरुको एकैसाथ हुने सभाले नेपालको धार्मिक अवस्थाको बारेमा पनि विश्लेषण गर्नेछ । ”

देशैभरका हिन्दू सनातनीहरुको सहभागीतामा सम्पन्न हुने सभालाई भब्य रुपमा र व्यवस्थीत रुपमा सम्पन्न गर्न विभिन्न उपसमितीहरु गठन गरिएको धर्मसभा व्यवस्थापन मूल आयोजक समिती सहसंयोजक ठाकुर कुमार श्रेष्ठले बताउनुभयो ।विभिन्न विषयमा करिब ५ सय भन्दा बढी पुस्तकका लेखक समेत रहनुभएका जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराज नेपाल आउने भएपछि हिन्दूधर्मालम्बीहरु स्वतःस्फूर्त रुपमा स्वयंसेवि भावले कार्यक्रम सफल पार्न खटिएको संघसंस्था समन्वय उपसमिती संयोजक कृष्ण प्रसाद भन्डारीले बताउनुभयो । भारतको उडिसा राज्यमा रहेको जगन्नाथ धाम हिन्दूहरुको चार धाम मध्ये एक महत्वपुर्ण धाम हो । जगन्नाथ धामलाई भारतमा गोबद्र्धन पीठ पनि भन्ने गरिन्छ । जगन्नाथधामका प्रमुख श्रीमज्जगदगुरु शंकराचार्य स्वामी श्री निच्चलानन्द.सरस्वती जी महाराजलाई जिवित गुरुहरु मध्ये सबैभन्दा उच्च पदमा रहेका हिन्दू धर्म गुरु मान्निछ ।