लगानी र नाफाको ग्यारेन्टी हुने अर्थनिति सरकारले ल्याउनुपर्छ; सांसद भुमिश्वर ढकाल

प्रकाशित मिति:

सुरेश परियार,कात्तिक ५ गते-लुम्बिनी प्रदेशका सासद भुमिश्वर ढकालले लगानी र नाफाको ग्यारेन्टी हुने अर्थनिति सरकारले ल्याउनुपर्ने बताएका छन् । आज नयाँ गोरेटो बहुउदेश्य सहकारी संस्थाको २१ औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रभावकारी अर्थनिति नहुदाँ समाजवादको बाटोमा हिड्न नसकिने ठोकुवा सांसद ढकालले गरे ।नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका ढकालले सरकारले अघि सारेको तिन खम्बे अर्थनितिलाई सहि ढंगले अबलम्बन गर्न सके मात्र समाजवादको अनुभुति आम नागरिकले गर्न पाउने उल्लेख गरे ।

उनले राष्ट्रिय पुंजीलाई प्रवर्धन गर्ने,परम्परागत खेतीलाई आधुनिकरण गर्ने तर्फ केन्द्रीत भएमात्र देश समृद्धिको दिशा तर्फ उन्मुख हुने बताउदै विषयगत सहकारीलाई एकिकरण गरि बहुउदेश्यीय सहकारी हुनुपर्नेमा जोड दिए । अहिलेको सहकारी बैंक संग प्रतिस्पर्धा गर्ने खालको हुनुपर्ने सांसद ढकालको भनाई छ ।यस्तै,कार्यक्रममा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले सहकारीलाई राष्ट्रिय उत्पादनमा उल्लेखीय सहभागिता गराउने खालको ऐन कानुन बनाउनुपर्ने बताए । सहकारी उद्यमशिलतामा आधारित हुनुपर्ने बताउदै मेयर कार्कीले कालोबजारी,एकाधिकारलाई अन्त्य गरि उत्पादनमुलक र सेवामुलकमा सहकारी बढि केन्द्रित भएर जानुपर्ने बताए ।सोही प्रशंगमा मेयर चित्र बहादुर कार्कीले अबिरल वर्षाका कारण धानमा पुराएको क्षेतिको विवरण लिने काम भईरहेको बताएका छन् । सैनामैना १ देखि ११ वडामा पुगेरै वास्तविक पिडित किसानहरुको पहिचान गरि तथ्याङक दिने काम भएको बताउँदै प्रदेश र संघिय सरकारबाट पनि आवश्यक सहयोग हुन आएमा किसानहरुलाई धानको विउ र मालपोत मिनाहा गर्ने कुरामा नगरपालिका दत्तचित्त भएर सहयोग गर्ने बताएका छन् ।

सोही कार्यक्रममा जेष्ठ सेयर सदस्यलाई सम्मान गरिएको छ ।सम्मानित हुनेमा जेष्ठ नागरिक शालिकराम घिमिरे,विष्णु प्रसाद काफ्ले,धनराज प्रसाद चौधरी,दधिराम पुरी र राम बहादुर ज्ञवाली रहेका छन् ।सैनामैना रामापुर कलौनी स्थित वाईटहाउस पार्टि प्यालेसमा भएको कार्यक्रम नयाँ गोरेटो बहुउदेश्य सहकारी संस्थाका अध्यक्ष कुल प्रसाद चापागाईको अध्यक्षता,लुम्बिनी प्रदेश सासद भुमिश्वर ढकालको प्रमुख आतिथ्यता तथा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।कार्यक्रममा सस्थाका अध्यक्ष कुल प्रसाद चापागाईको वार्षिक प्रतिवदेन,कोषाध्यक्ष खेमलाल ढकाल,लेखा सुपेरिवेक्षण समिति संयोजक मुक्तलाल गिरिद्धारा लेखा तथा आर्थिक प्रतिवेदन पेश भएको थिए भने कार्यक्रममा सस्था उपाध्यक्ष ऋषिराम पाण्डेको स्वागत तथा सचिब धन प्रसाद पौडेलको कार्यक्रम सञ्चालन रहेको थियो ।