काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कृषि तथा पशुपंक्षि विकासमन्त्री महेन्द्रराय यादवसँग तीन दिनसम्म लगातार आएको अविरल वर्षाले कृषिमा पुर्याएको क्षतिबारे छलफल गरेका छन् ।
गृह मन्त्रालयमा भएको छलफलमा खेती डुबानमा पर्दा क्षति व्यहोरेका किसानलाई राहत दिने विषयमा कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।
तीन दिनसम्म आएको बर्सातका कारण कृषिमा भएको क्षति र क्षति बेहोरेका किसानलाई राहत प्रदान गर्ने विषयमा कुराकानी भयो, गृहमन्त्री खाणले भने ।











