नेपाल कम्युनिस्ट पार्टी ९एमाले० मा १० बुँदे सहमति कार्यान्वयन नभएपछि पुनः विवाद भएको छ । पार्टीभित्रको विवाद समाधान गरी पार्टीलाई एकताबद्ध बनाउन भएको १० बुँदे सहमति पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यान्वयन नगरेपछि विवाद चर्किँदै गएको हो । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन नभएपछि एमालेभित्रको विवाद चर्किएको हो । पार्टी बैठकको एजेन्डा समेत १० बुँदे सहमति नबनेको र सार्वजनिक कार्यक्रममै अध्यक्ष ओलीले सो सहमति ‘अर्थहीन’ भएको टिप्पणी गरेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।
बिहीबार र शुक्रबार एमाले स्थायी कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसे पनि विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफलको एजेन्डा नै बन्न सकेन ।बैठकमा विधान महाधिवेशनको समीक्षा, ६ कात्तिकमा देशैभरिको वडा अधिवेशन, ९ कात्तिकमा हुने पालिका अधिवेशन, पार्टीको १०औं महाधिवेशन, हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षतिसहित समसामयिक विषयबारे छलफल हुने एजेन्डा रहेको थियो ।तेस्रो धारका नेताले १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएका छन् । एमालेभित्र विवाद चर्किएका बेला तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका स्थायी कमिटीका १० सदस्य सोही सहमतिको कार्यान्वयन गर्ने प्रतिबद्धता ओलीले गरेपछि एमालेमै फर्किएका थिए ।
यो समाचार आजको राजधानी दैनिकमा छ ।











