एमाले र माओवादी परित्याग गरी पाणिनिमा १ सय ६४ जना कांग्रेसमा प्रवेश

प्रकाशित मिति:

प्रेमनारायण आचार्य-पाणिनि, ६ असोज । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।पाणिनि गाउँपालिकाको वडा नं। ३ पटौटि, खिदिम र पालिबाट विभिन्न पाटी परित्याग गरि दुर्गाफाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् । कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ९ मुस्कान ०, पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर, माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि डा। इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पौडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतितब र शेसकान्त पोख्रेलको सञ्चालनमा शुरु भएको हो ।