स्याङ्जा । स्याङ्जा जिल्ला चापकोट नगरपालिका २ मा रहेको फे्न्डसीप युवा कल्बको आयोजनामा भएको भलीवल प्रतियोगीता विषेश कार्यक्रमका विच समापन भएको छ । कार्यक्रम कल्बका अध्यक्ष मीन बहादुर मगरको अध्यक्षता तथा गण्डकी प्रदेशका माननीय संसद , सचेतक भगवात प्रकाश मल्लको प्रमुख आथित्यतामा भएको थियो । भलीवल प्रतियोगीतामा चापकोट नगरपालिकाका नगर सभापति बिकम सरु , लक्ष्मी रेग्मी , सुन्दर खांड , सुर्य सेन, ईशा राना लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी माननीय भागवत प्रकाल मल्लले खेलको विकासका लागी आफु सधै लागीरहने भन्दै विजयी खेलाडीहरुलाई सुभकामना दिनु भएको थियो ।












