बेलबास, कार्तिक १७। जन्मदिन, विबाहमा पोलिसी दिने प्रचलन बढेको छ । जन्मदिन, विबाह जस्ता शुभ दिनहरूमा परम्परागत प्रणालि अनुसार सुन चादि, हार जस्ता बहुमुल्य चिज उपहार दिने प्रचनलनलाई तोड्दै पछिल्लो समय स्वरुप बीमा पोलिसी दिने प्रचलन चलेको हो ।
यसै सन्दर्भमा देवदह-०५, सितल्नगर रुपन्देहीकी ज्योती श्रेष्ठले आफ्नो जन्मोत्सवको अवसरमा शुभारम्भ बीमा पोलिसी काट्नु भएको छ। जन्मदिनको अवसरमा जन्मदिन फरक तरिकाले मनाउने भन्ने आशयको साथ जीवन बीमा गरेको उनले बताए।
उहाले बेलबास शाखा बाट १० लाख बराबरको विमाङ्क रकमको सिटिजन शुभारम्भ पोलिसी काट्नु भएको हो । यस योजनाले बचत सङ्गसङ्गै भविष्यमा हुने आर्थिक, भौतिक क्ष्यतिबाट हुन सक्ने जोखिम न्युनिकरण गर्ने हुदा उक्त बीमा पोलिसी जन्मदिनको अवसरमा काट्ने चलन बढ्दै गएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बेलबास शाखाका शाखा प्रमुख योगेन्द्र रायमाझीले बताउनु भयो।








