काठमाडौँ- कंगोस्थित शान्ति मिसनमा खटिएकी नेपाल प्रहरीकी अधिकृत डा। संज्ञा मल्ल सम्मानित हुने भएकी छिन् । मल्ल सन् २०२१ का लागि राष्ट्रसंघीय उत्कृष्ट महिला प्रहरी अधिकृत पुरस्कारुद्वारा सम्मानित हुने संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य सञ्चालन विभागले जनाएको छ । विभागकाअनुसार एक भर्चुअल समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस्ले सुपरीवेक्षक मल्ललाई पुरस्कार मंगलबार प्रदान गर्नेछन् ।
सुपरीवेक्षक मल्ल हाल कङ्गोको राजधानी किनसासामा मोनुस्को प्रहरी स्वास्थ्य तथा वातावरण इकाईको प्रमुखका रूपमा कार्यरत छिन् । उनको सहयोगमा स्थापित इकाईले मिसनका सदस्यहरूको स्वास्थ्य तथा कल्याणसम्बन्धी नीति तथा कार्यविधिका साथै राष्ट्रसंघीय प्रहरीको पर्यावरणसम्बन्धी कार्यक्रमहरूको कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्दछ ।मल्लको योगदान प्रजातान्त्रिक गणतन्त्र कङगोमा कोभिड–१९ र विगतको इबोला भाइरस महामारीको परिप्रेक्ष्यमा उल्लेखनीय रहेको छ । मे महिनामा गोमामा भएको ज्वालामुखी विस्फोटनजस्ता प्राकृतिक तथा मानवीय संकटहरूमा उनको इकाईले स्थानीय बासिन्दा र संयुक्त राष्ट्रसंघका कर्मचारीहरूलाई पूर्वसावधानीका उपायहरू अवलम्बन गर्न सचेत गराएको थियो ।
ुमल्लले हाल नेतृत्व गरिरहेको आफ्नै सहयोगमा स्थापित मोनुस्कोको स्वास्थ्य तथा वातावरण इकाईले कोभिड–१९ र अन्य प्रकोपहरूको जोखिम न्यूनीकरण गर्दै हाम्रा शान्तिरक्षकहरूको सुरक्षा र सुस्वास्थ्य सुनिश्चित गर्ने काम गरिरहेको छ, राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेस्ले भने, उनले त्यसभन्दा पनि धेरै बृहत् पक्ष अर्थात विश्वभरि शान्ति र सुरक्षा प्रवर्द्धन गर्नमा महिला प्रहरी अधिकृतहरूको धेरै योगदानहरूको प्रतिनिधित्व गर्छिन् । आफ्नो काममार्फत मल्लले संयुक्त राष्ट्रसंघको उत्कृष्टतालाई मूर्त रूप प्रदान गरेकी छिन् ।तालिमले चिकित्सा पेशाकर्मी मल्लले कोभिड–१९ को संक्रमणको निवारण तथा न्यूनीकरणका लागि मार्गनिर्देशनको विकासमा सहयोग पुर्याएको छिन् ।
स्थानीय बासिन्दा, कङ्गोका पदाधिकारी र संयुक्त राष्ट्रसंघका कर्मचारीहरूका लागि उनले यस बर्ष कोभिड–१९ निवारणका साथै वातवारणीय संरक्षणबारे ३०० भन्दा बढी जनचेतना कार्यक्रमहरूको आयोजना गरेकी छिन् ।कोभिड–१९सम्बन्धी मोनुस्को प्रहरीको सम्पर्क व्यक्तिका रूपमा उनले खोपका बारेमा आवश्यक सूचनाको प्रचारप्रसार गर्ने र खोप लगाउने कार्यक्रमहरूको प्रवर्द्धन पनि गर्दै आएकी छिन् ।यो पुरस्कार पाउँदा मैले सम्मानित महसुस गरेकी छु । मलाई आशा छ यसले मेरो देशका साथै विश्वभरि धेरैभन्दा धेरै महिलाहरूलाई प्रहरी सेवामा लाग्न प्रोत्साहित गर्नेछ, किनभने यो सेवालाई अझै पनि पुरूषको कामु भनेर नै हेर्ने गरिन्छ, सुपरीवेक्षक मल्लले भनिन् ।











