ओलीलाई भट्टराईको चुनाैति–मानुषी बेलायत पढ्न गएको प्रमाणित गर्नुस्

प्रकाशित मिति:

काठमाडौँ – जनता समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्न्त्री डा। बाबुराम भट्टराईले प्रमण नभएका उडन्ते कुरा नगर्न नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

उनले आफ्नो छोरी मानुषी अध्ययनका लागि बेलायत गएको प्रमाणित गर्न ओलीलाई चुनौती समेत दिएका छन् ।पूर्वप्रधानमन्त्री ओलीले आइतबार काठमाडौँमा भएको एक कार्यक्रममा भट्टराईलाई ‘कहाँको आम्दानीले छोरीलाई बेलायत पढाएकोरु’ भनेर प्रश्न गरेका थिए । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईले त्यसको जवाफ ट्वीटर मार्फत फर्काएका हुन् ।

उनले ट्वीट गरेका छन्, ‘पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–०५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएको र सँगै फर्केकी हुन् । त्यसयता उनी बेलायत गएको प्रमाणित गर्नुस् न !’