तीन महिनापछि राजनीतिक काममा फर्किए झलनाथ खनाल

प्रकाशित मिति:

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाल स्वास्थ्य उपचारपछि पार्टी काममा फर्किएका छन ।खनाल उक्त पार्टीको केन्द्रीय कार्यालय पुगेर दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विदेश विभागको पहिलो बैठकमा सहभागी भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।खनाल एकीकृत समाजवादीको विदेश विभाग प्रमुख हुन ।

त्यसबाहेक, खनालले विभागका सदस्यहरुसँग आगामी कामबारे छलफल गर्नुका साथै पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा जानकारी लिएको खतिवडाले बताए ।गत साउन २० गते भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा खनालको मिर्गौला प्रत्यारोपण भएको थियो ।

त्यसपछि भदौ १४ मा स्वदेश फर्केर खनाल घरमै आराम गरिरहेका थिए ।चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर खनाल कुनै पनि कार्यक्रममा उपस्थित नभएको खनालले बताए ।कार्यलयमा रहेर नियमित काममा रहने भए पनि खनाल अझै केही समय सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन ।