काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा काठमाडौंको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।
छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले छठी माईको समेत दर्शन गरिन् ।
छठ पर्वका अवसरमा राष्ट्रप्रमुखबाट गुहेश्वरी र कमलपोखरी पुगेर पूजाअर्चना हुने गरेको छ । छठ पर्वका लागि गुहेश्वरी, कमलपोखरी लगाएतका स्थान झकिझकाउ पारिएको छ ।











