कञ्चन जेसिजको ब्राण्डेड कार्यक्रम भ्वाइस अफ कञ्चन सिजन ३ को छनौट प्रतियोगिता शुरु

प्रकाशित मिति:

३० कार्तिक,कञ्चनकञ्चन जेसिजको फरक ब्राण्डको रुपमा नियमित संचालन हुदै आएको भ्वाइस अफ कञ्चनको तेश्रो सिजनको अडिसन राउण्ड बुधवार देखि शुरु हुदै छ। बिधालय तहका बिधार्थीहरुको वाक क्षमतामा तार्किकता ल्याउन र बिषय बस्तुमा केन्द्रित बहसको बिकास गराउन संचालित भ्वाइस अफ कञ्चन कञ्चन जेसिज स्थापना बर्ष देखि नियमित रुपमा संचालन हुदै आएको छ।

कञ्चन जेसिजका संस्थापक अध्यक्ष चुडामणी पौडेलको परिकल्पनामा कञ्चनका बालबालिका भित्र लुकेर रहेका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्धेश्यका साथ संचालन भई रहेको भ्वाइस अफ कञ्चन बिधार्थीहरुका बिच लोकप्रिय र आकर्षणको प्रतियोगिताको रुपमा लिइएको छ।कञ्चनमा संचालित सामुदायिक तथा संस्थागत बिधालयमा अध्ययनरत बिधार्थीहरुबाट छनौट प्रतियोगिताका लागि सबै बिधालयहरुमा पत्राचार भईसकेको जानकारी गराउदै भ्वाइस अफ कञ्चन सिजन ३ का कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार राजन शर्माले कञ्चनका करिब २० बिधालयहरुबाट सहभागिता हुने बताउनु भएको छ।

कञ्चनको लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालय र गजेडी माधयमिक बिधालयमा संचालन हुनने छनौट प्रतियोगितामा ५ औं स्थान सम्म आउने प्रतियोगिहरुलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने कार्यक्रम संयोजक तथा कञ्चन जेसिज बर्ष २०२१ का कानुनी सल्लाहकार शर्माले जानकारी गराउनु भएको छ। छनौट प्रतियोगिताबाट छनौट भएको १० जना प्रतियोगीहरुलाई एक दिन वाक कलाबबारे निशुल्क प्रशिक्षण दिइने र अन्तिम प्रतिस्पर्धामा प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीहरुले पुरस्कार स्वारुप क्रमश १० हजार, ८ हजार र ६ हजार रुपैया नगद तथा प्रमाण पत्र प्राप्त गर्ने कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष राधिका चौधरीले जानकारी दिनु भएको छ।

छनौट प्रतियोगिता कञ्चनको लुम्बिनी ज्ञान निकेटन माध्यमिक बिधालयमा मंसिर १ गते र गजेडी माधयमिक बिधालयमा मंसिर २ गते हुनेछ भने अन्तिम प्रतिस्पर्धा प्रतियोगिता मंसिर ११ गते हुने कञ्चन जेसिज बर्ष २०२१ का अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ।