प्रचण्ड कार्यक्रममा आउने भएपछि नगरपालिकामा सार्वजनिक बिदा

प्रकाशित मिति:

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले भोलि (बुधबार) सार्वजनिक बिदा दिएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु उक्त पालिकाअन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरू उद्घाटन गर्न जाने भएपछि सार्वजनिक बिदा दिइएको हो ।

आज सार्वजनिक सोसम्बन्धी सूचनापत्रमा नगरप्रमुख अशोककुमार मण्डल र निमित्त प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा उपस्थित भई शोभा बढाइदिन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

सूचना पढ्नोस्