तस्करी र लागूऔषध विरुद्ध आक्रमक बन्दै सशस्त्र प्रहरी

प्रकाशित मिति:

१ मंसिर – जनकपुर स् भारतसँगको खुला सीमाको फाइदा उठाउँदै विभिन्न आपराधिक गतिविधि हुनसक्ने भएकाले पनि यो क्षेत्र नेपाली सुरक्षा निकायका लागि चुनौतीपूर्ण छ । सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता वाहिनी प्रमुख छन् डीआईजी गणेश ठाडा मगर । मगर यस वाहिनीको प्रमुख भएर आएको भर्खर २ महिना मात्र पुग्दै छ । यसबीचमा मगरले लागूऔषध तस्करी नियन्त्रण, सीमा अपराध न्यूनीकरण, अवैध र भन्सार छलेर ल्याइएको सामग्री बरामद र आपराधिक गतिविधि रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

यस अवधिमा तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको बाहिनीले डेढ महिनामा करिब १० करोड रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ ।तस्करी नियन्त्रणमा व्यापक प्रहरी परिचालनपछि राजस्व असुलीमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयकहरुको तथ्यांक छ । पछिल्लो २ महिनामा प्रदेश २ मा भन्सार छली गरी नेपाल भित्र्याएका १० करोड रुपैयाँभन्दा बढीको सामान बरामद गरिएको सशस्त्र प्रहरीको तथ्यांक छ । यस बाहेक विभिन्न खालका लागूऔषध सहित ११ जना व्यक्ति पक्राउ परेका छन् ।

डीआईजी मगरले मानव बेचबिखन हुन नदिन र आपराधिक गतिविधि नियन्त्रण गर्न सीमामा कडाइ गरिएको जनाए । यस अवधिमा ललाइफकाई भारत लैजान लागिएको ४ बालिकाको उद्धार र ४ व्यक्तिलाई पक्राउ गरिएको छ । चाडपर्वको अवसरमा ४ लाख रुपैयाँभन्दा बढी मूल्यको विभिन्न खाले पटकाहरु बरामद गरी नष्ट गरिएको छ ।कात्तिक २८ गतेबाट सबै जिल्लाहरुमा लगाइएको गाँजा फडानी सुरु गरेको सशस्त्र प्रहरीले संयुक्त रुपमा महोत्तरी र सर्लाहीको करिव १४ बिगाहामा लगाइएको गाँजा नष्ट गरेको छ । यस क्रममा करिब १० ट्रक गाँजा नष्ट गरेको बाहिनीले जनाएको छ । यसका अलावा यो अवधिमा पर्सा, बारा, सप्तरी, महोत्तरी लगाएतका जिल्लाका बिभिन्न स्थानबाट करिव २५० केजि भन्दा बढी तयारी गाँजा, २२ केजी चरेस तथा व्यक्तिहरु पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको छ ।

यस्तै, विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउदै गरेको तथा लुकाइ छिपाइ राखेको करिब ५ सय क्यु फिट काठ बरामद गरि विभिन्न वन कार्यालयहरुमा बुझाएको छ । यससँगै नदीदोहन रोक्न पालिकाहरुलाई सघाउने, वनजन्तु र वनजन्य तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।