गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण 

प्रकाशित मिति:

सुरेश छन्त्यालरगलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोद्धारा आज एक कार्यक्रमका बिच पाण्डबखानीमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । समितिले गलकोट क्षेत्रभित्रका विद्यालयका विपन्न तथा जेहेन्दार ९९ जना विद्यार्थिहरु लाई शैक्षिक सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम अन्तरर्गत आज गलकोट नगरपालिका १० पाण्डबखानी भित्रका ६ वटा विद्यालयलाइ शैक्षिक सामाग्री हस्तान्तरण गरेको गलकोट समाज जापान क्षेतिय समिति कान्तो टोकियोले जनाएको छ ।गाउ“ आएको मौका पारेर समाजका पदाधिकारीले गाउ“गाउ“मा पुगेर जेहेन्दार र बिपन्न परिवारका बालबालिकालाई सामाग्री हस्तान्रण गरेका हुन् । बालबालिकाको शिक्षामा पहु“च बढाउनका लागि सामाग्री हस्तान्रण गरेको समाजले जनाएको छ ।

गल्कोट समाज जापान क्षेत्रीय समिती टोकियोको वार्षिक योजना एव कार्यक्रम अन्तरगत गल्कोट नगरपालिका र ताराखोला गाँउपालिका भरिका सामुदायिक विद्यालयहरुमा अति बिपन्न एवम जेहेन्दार विधार्थीलाई छात्रवृत्ती हस्तान्तरणको कार्यक्रम सुभारम्भ भएकोले समग्र गल्कोटको शैक्षिक विकासमा विशेष भुमिका खेल्नेमा आशावादी रहेको संस्थाका सचिव दिनेश थापाले जानकारी दिनुभयो ।कार्यक्रमलाई कसरी दिर्घकालिन र नियमित बनाउन सकिन्छ भन्ने सम्बन्धमा पनि टोकियो क्षेत्रीय समिती अन्य क्षेत्रीय समितिसग वृहत छलफलमा जुटिरहेको समाजले जनाएको छ ।छात्रबृति कार्यक्रम अन्य भैपरी आउने सहयोग अभियान जस्तो हस्तान्तरण गरेपछि सकिने जस्तो नभई समग्र गलकोट क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुमा अध्यापन गराउने शिक्षक, विद्यार्थी र प्रवासमा रहेका अभिभावकको त्रिकोणात्मक सम्बन्ध बिस्तार हुने समाजको अपेक्षा रहेको छ ।

आफ्ना नानीबाबुको समग्र शैक्षिक अवस्था,खेलकुद र अतिरिक्त क्रियाकलापको वस्तु स्थितिको बारेमा हुने शिक्षक र अभिभावक बिचको पारस्परिक सम्बन्ध कायम गर्न समाजले संचालन गरेको अभियानमा हातेमालो गदैं आर्थिक सहयोग गर्नुहुने सहयोगदाताहरुप्रति गलकोट समाज जापान क्षेत्रिय समिती टोकियोले आभार समेत ब्यक्त गरको छ ।सोहि कार्यक्रममा छात्रवृत्तिका लागि छनोट भएकी पाण्डबखानी माविको कक्षा १२ मा अध्यानरत मुना सुनार दुवै कित्निक फेल भै हाल उपचारत रहेकाले कार्यक्रममा उपस्थित हिमाल गलकोट समाज जापान क्षेत्रीय समिति कान्तो टोकियोका उपाध्यक्ष हिमाल कडेलको टिमले रु ६ हजार नगद सहयोग र कार्यक्रम को लाइभ भिडियो हेरेर बसिरहनुहुने प्रधातिकारि ज्युबाट रु २५ हजार सहयोग गर्ने प्रद्धिबद्दा जनाउदै बाकि सहयोगका लागि समाज र जापानमा सहयोग अभियान संचालन गर्ने तयारी रहेछ ।
ब्ततबअजmभलतक बचभब