काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।








