नेपाल बारले आकस्मिक पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति:

काठमाडौं । नेपाल बार एसोसिएसनले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै छ । दिउँसो ३ बजे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको बारले जनाएको छ ।

आज बिहान सर्वोच्च अदालत परिसरमा प्रहरीको लाठी प्रहारबाट नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल बारका केन्द्रीय सदस्य प्रकाश महर्जनलगायत कानुन व्यवसायी घाइते भएका छन् ।