बर्दघाट १४ धर्मबस्तीमा बैदेशिक रोजगारी संग सम्बन्धित युवाका लागी गहन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न,
नेपाल सरकार र स्विस सरकारको दुईपक्षिय सम्झौता अनुसार नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानिय तहको नेतृत्व र हेल्भेटास नेपालको प्राविधक सहयोगमा ईन्द्रेणी समाजिक विकास मञ्च पञ्चनगर द्धारा बर्दघाटमा कार्यान्वयन गर्दै आएको सुरक्षित आप्रवासन परियोजना सामी अन्तर्गत बर्दघाट नगरपालिकाको वार्ड नंं १४ धर्मबस्तीमा बैदेशिक रोजगारी संग सम्बन्धित युवाहरुका लागी गहन अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।
सो अवसरमा बैदेशिक रोजगार संग सम्बन्धित बैदेशिक रोजगारमा जाने लक्षित युवा युवती र बैदेशिक रोजगारबट फर्किएका युवा युवतीको सहभागिता रहेको थियो । कार्यक्रममा सामि परियोजनाका मनोसमाजिक परामर्शकर्ता तारा सापकोटा, परयोजनाका रिटर्नी भोलिन्टियर रामु भुसालले बैदेशिक रोजगारीमा जादा अपनाउनुपर्ने प्रकृया, सही सुचना र सिप तालिमको महत्व लगाएत परयोजनाले दिने सेवा सुविधाका बारेमा सहजीकरण गर्नुभएको थियो ।
बर्दघाट १४ का वडा सदस्य मञ्जु पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा परियोजनाको तर्फबाट रिटर्नी भोलिन्टियर राजन अधिकारी, कमला ढकाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।











