प्रधानमन्त्री र ईयू प्रतिनिधिबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवासँग युरोपियन युनियनको प्रतिनिधि टोलीले भेटवार्ता गरेको छ ।

ईयू अन्तर्गतको ईईएसको एसिया प्रसान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनीको टोलीले प्रधानमन्त्री देउवासँग मंगलबार बालुवाटारमा भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा नेपाल र ईयूबीचको आपसी समझदारी, व्यापार, हवाइ सुरक्षा, जलवायु परिवर्तनलगायतका विषयहरुमा छलफल भएको थियो ।