७ मंसिर,कञ्चनरजगिलाल थापा- जनमत पार्टीद्धारा देशव्यापी रुपमा यहि मंसिर १० गते देखि सञ्चालन गर्न लागेको मेचीमहाकाली जनमत माटो यात्राको शुभारम्भ गर्न सो पार्टीका केन्द्रिय अध्यक्ष डा।सि।के। राउट रुपन्देही आउनु हुने भएको छ।मंसिर १० रङ्गभेद बिरुद्धको एकता दिवसको सन्दर्भ पारेर सञ्चालन हुने जनमत माटो यात्राको शुभारम्भ गरी अध्यक्ष डा। राउट मेची(महाकालीको यात्रा तय गर्नुहुने भएको छ। मंसिर १० गते बिश्वशान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आई मायादेबीको मन्दिरमा विश्वशान्तीको कामना गरी जनमत माटो यात्रा शुरु हुने जनमत शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादवले जानकारी दिनु भएको छ।
लुम्बिनीमा मायादेबीको पुजा गरेपछि सोही दिन लुम्बिनीको ५ नं। गेट अगाडी महलीवारमा खुल्ला पत्रकार सम्मेलन गरी जनमत माटो यात्रा रङ्गभेद बिरुद्धको एकता दिवसको बारेमा डा।राउटले मोफसलका सञ्चारकर्मीहरुलाई जानकारी गराउने कार्यक्रम समेत तय भएको छ । बि।सं। २०७१ साल मंसिर १० गते सार्क शिखर सम्मेलन भइईरहेको समयमा जनमत पार्टीले काठमाण्डौमा शान्तीपुर्ण जुलुस तथा पर्दशन गर्दा तत्कालिन सरकारले रङ्गको आधारमा सुरक्षावल प्रयोग गरी जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई धरपकड सहित लाठीचार्ज गरी सुरक्षाकर्मीहरुद्धारा ३ सय भन्दा बढी जनमत पार्टीका नेता कार्यकर्ता गिरफतार गरिएको बिरुद्धमा उक्त दिनलाई जनमत पार्टीले रंगभेद बिरुद्धको एकता दिवसको रुपमा स्मरण गर्दै आएको छ।जनमत ग्राम यात्रा समेत नाम दिएको उक्त जनमत माटो यात्रामा सो पार्टीका अध्यक्ष डा।सि।के। राउटले मेची देखि महाकाली सम्मका आफ्ना नेता कार्यकर्ता र समर्थकहरुलाई गाउ गाउ गएर भेट गरी ती स्थानहरुको माटो संकलन गर्ने र जनमत माटो यात्रा कार्यक्रम पश्चात संकलित मधेस स्तम्भ नामक पार्क निर्माण गर्ने जनमत शिक्षक संघका केन्द्रिय सदस्य यादवले जानकारी दिनु भएको छ।
अध्यक्ष डा। राउटले रङ्गभेद बिरुद्धको दिवसको सन्दर्भ पारेर लुम्बिनीको महलीवार गेट अगाडी जनसभा गरी लुम्बिनी सांस्कृतिक नगरपालिका अन्तर्गतका बिभिन्न वडाहरुमा भ्रमण गर्ने र लुम्बिनी परिसरको माटो संकलन गरी मेची महाकाली सम्म बिश्वशान्तीको सन्देश प्रवाह गर्ने जनमत पार्टीको अभियान रहेको जनमत शिक्षक संघका केन्द्रिय सदस्य यादवले जानकारी दिनु भएको छ।देशमा भइरहेको रंगभेद, भ्रष्टचार,अनियमित्ता अन्त्यका लागि मेची(महाकाली जनमत माटो यात्रा अभियान सञ्चालन गरिएको जनमत पार्टीले जनाएको छ।











