काठमाडौँ– नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको निगमले दाबी गरेको । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटलाई काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।
काठमाडौँबाट रुकुमको सल्लेका लागि उडेको विमान सल्ले नपुगी नेपालगञ्ज अवतरण गरेको थियो । पाइलटले ड्युटी टाइम सकिएको भन्दै विमान रुकुम नलगि नेपालगञ्जमै अवतरण गराएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।
विज्ञप्ति
मिति- २०७८ मंसिर ८ गते
काठमाडौं – रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण ।
मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम ९सल्ले० उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि ५।१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम ९सल्ले० उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।
तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम ९सल्ले० उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगञ्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।
हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनरनेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम ९सल्ले० उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगञ्ज जाने यात्रुहरुलाई काठमाडौँमै राखिरहनुभन्दा नेपालगञ्ज सम्म पुयाएर स्कुम जाने यात्रुहरुलाई निगमको नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुर्याउनुपर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो। पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिकरउद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौँ।
अर्चना खड्का
संयोजक – मिडिया सेल











