स्याङ्जा कांग्रेस : सभापतिमा थापा र मल्लले प्रतिस्पर्धा गर्ने

प्रकाशित मिति:

नेपाली कांग्रेसको यही १० गते हुने भनिएको जिल्ला सभापतिमा संविधानसभा सदस्य राजु थापा र गण्डकी प्रदेशका सचेतक एवं सांसद भागवतप्रकाश मल्लबीच कडा प्रतिस्पर्धा हुने भएको छ। संघीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ स्याङ्जाको क्षेत्र नं। १ बाट सबैभन्दा धेरै मत पाएका थापा र क्षेत्र नं। २ बाट मल्लले सर्वाधिक मत पाउन सफल भएका छन्।संविधानसभा सदस्य थापा र गण्डकी प्रदेश नेपाली कांग्रेस सचेतक एवं सांसद मल्लबीच सभापतिका लागि कडा प्रतिस्पर्धा हुने देखिएको छ। सोमबार भएको क्षेत्रीय तथा संघीय महाधिवेशन प्रतिनिधि चयनमा स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना ९कुमार० लगायतका कांग्रेसमा निरन्तर क्रियाशिल नेता तथा नेतृहरुको पराजित भएपछि राजनीतिले नयाँ मोड लिएको हो।

कार्यवाहक सभापति रानासँगै प्रतिनिधिसभा सदस्य मोहनप्रसाद पाण्डे, राष्ट्रियसभाका पूर्वसांसद खगेन्द्रराज रेग्मी, पूर्व नगरप्रमुख भोजराज अर्याल, महिला संघका पूर्वकेन्द्रीय सदस्य राजकुमारी गुरुङ र हिरादेवी शर्मा, महिला संघ स्याङ्जाका पूर्वसभापति मखमली श्रेष्ठले मतदान प्रक्रियाबाट पराजय भोग्नु परेको छ।समूहगत प्रतिस्पर्धामा स्याङ्जा कांग्रेस अघि बढेको छ। समूहकै पछि लागेका कारण नवप्रवेशीको संख्या ह्वात्तै बढेको छ भने राजनीतिमा आवश्यक ठानिएका व्यक्तिले अप्रत्यासित पराजित भएका छन्। स्याङ्जामा केन्द्रको स्पष्ट धार देखिएको छैन। यहाँ दुई समूहबीचको चुनावी प्रतिस्पर्धा बनाइएको छ। नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठको चुनावी क्षेत्र पनि २ नम्बर हो। श्रेष्ठ पक्षधर समूहले क्षेत्र नं। १ मा पराजय भोग्नुपरेको हो।

तर, श्रेष्ठ पक्षधर क्षेत्र नं। २ मा बलियो देखिएको छ। दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नं १ मा संविधानसभा सदस्य राजु थापा बलियो देखिएका छन्। तर, क्षेत्र नं २ मा गण्डकी प्रदेश नेपाली कांग्रेस संसदीय दलका सचेतक सांसद भागवत्प्रकाश मल्ल बलियो छन्। कम्युनिस्टको गढ मानिएको स्याङ्जा क्षेत्र नं। १ मा विसं। २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नं। १ मा थापा निर्वाचित भएका थिए।स्याङ्जाको एक मात्र प्रदेश जिताएर नेपाली कांग्रेसको बिउ जोगाउन सफल भएका थिए मल्ल। यहाँका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं। २ ख बाट मल्ल मात्र विजयी भएका हुन्।