एमालेको महाधिवेशनमा आज उम्मेदवारी दर्ता नहुने, महाधिवेशन प्रतिनिधिलाई साँझ ओलीको डिनर कार्यक्रम

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ ।

बन्दसत्र सकिए लगत्तै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर बन्दसत्रको थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । उनका अनुसार आज उम्मेदवारी दर्ता पनि नहुने भएको छ ।

ओली निकट प्रतिनिधिसभा सदस्य रहेका ती सांसदका अनुसार आज बेलुका महाधिवेशन प्रतिनिधिसँग ओलीले डिनर कार्यक्रम राखेका छन् । अध्यक्ष ओली बोलिसकेपछि बन्दसत्रको उद्घाटन कार्यक्रम सकिने ती नेताले बताए ।