एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी

प्रकाशित मिति:

चितवन- नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।नेता पण्डित मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटब्युरो सदस्यसमेत हुन्।एमालेको विधानअनुसार महाधिवेशनबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव गरी १५ पदाधिकारी निर्वाचित हुनेछन्। अहिलेसम्मको अवस्था हेर्दा अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने देखिएको छ।

उपाध्यक्ष पदमा केही पुराना अनुहारसँगै नयाँ अनुहार पनि आकांक्षी देखिएका छन्। उपाध्यक्ष पदमा पूर्व माओवादी नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणी थापा, दश बुँदे सहमति पक्षधर घनश्याम भुसाल, रघुजी पन्त, प्रदेश १ का एमाले अध्यक्ष देबराज घिमिरे, किरण गुरुङलगायतले आकांक्षा देखाएका छन्।

 

थप समाचार