बुटवल, मंसिर ११- गृहमन्त्री बालकृष्ण खाँणले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन । शनिबार सम्पन्न नेपाली काँग्रेस रुपन्देही जिल्ला अधिवेशनको घोषणा सभालाइ भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र आम नेपाली नागरिक कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने बताए । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अधिवेशनमा अन्तरिक प्रतिश्पर्धा हुनु स्वभाविक भएपनि निर्वाचनबाट कसैले पनि हारको महशुस गर्नु नपरोस भन्ने उद्येस्यले रुपन्देहीबाट सहमती र एकताको सन्देश दिन सफल भएको बताए ।
गृहमन्त्री खाँणले काँग्रेसका आम कार्यकर्तालाइ साझा नेतृत्वको महशुस गराउँदै पार्टीलाइ थप गतिशिल बनाउन नवनिर्वाचित नेतृत्वलाइ निर्देशन पनि दिए । प्रतिनिधि सभा सार्बजनिक लेखा समितिका सभापती भरत शाहले नेपाली काँग्रेसको आपसी एकता र सांगठनिक सुदृढतालाइ मजबुद बनाउन सर्बसम्मत नेतृत्व चयनमा जोड दिए । नेता शाहले नेपाली काँग्रेसका आम नेता कार्यकर्ताको जित र अपनत्वकालागि रुपन्देहीमा सर्बसम्मत रुपमा साझा नेतृत्व चयन गर्न सफल भएको बताए । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव,निर्वतमा सभापती अब्दुल रज्जाक, प्रदेश सांसद अष्टभुजा पाठक लगायतले बोल्दै नेपाली काँग्रेसलाइ बलियो बनाउन रुख चिन्नहलाइ माया गर्ने लाखौ मतदाताहरु एक हुनु पर्ने सन्देश रुपन्देहीबाट दिन सफल भएको बताए ।निर्विरोध निर्वाचित जिल्ला सभापती रामकृष्ण खाँणले सिंगो पार्टी र काँग्रेसका आम कार्यकर्ताको भावना अनुरुप साझा नेतृत्वका रुपमा पार्टीलाइ थप गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले आगामी आम निर्वाचनमा रुपन्देहीबाट तीन तहमै नेपाली काँग्रेसलाइ जिताएर पहिलो पार्टी बनाउने बताए । रुपन्देहीमा गृहमन्त्री खाँणकै नेतृत्वमा शनिबार सर्बसम्मत रुपमा काँग्रेसको जिल्ला नेतृत्व चयन भएको छ ।जस अनुरुप जिल्ला सभापतीमा रामकृष्ण खाँण,उपसभापतीमा डा .अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे,सचिवमा हरि काफ्ले र परमानन्द भट्टराइ सर्वसम्मत भएका छन । सहसचिवमा बिष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित भएका छन ।
गृहमन्त्री खाँणको नेतृत्वमा सार्वजनिक लेखा समिति सभापती भरत शाह, संस्थापन इतर पक्षका नेता पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव, प्रदेश सांसद अष्भुजा पाठक,निर्वतमान जिल्ला सभापती अब्दुल रज्जाक लगायतको सहभागीतामा शुक्रबारै जिल्लाको नेतृत्व सर्बसम्मत गराउने सहमती भएको थियो । सोही अनुरुप सम्पूर्ण पदमा सर्बसम्मत नेतृत्व चयन भएको हो ।निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले शनिबार सम्पन्न अधिवेशनबाट खाँणको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए । केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्ग एक र प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्ग एक जना पनि सर्वसम्मत चयन भएको घिमिरेले जानकारी दिए ।
रुपन्देहीमा रामकृष्ण खाँणको नेतृत्व सर्वसम्मत
रेखा भुसाल/बुटवल, मंसिर ११- नेपाली काँग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट जिल्ला सभापतीमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन भएका हुन । उनले यस अघि दुइ कार्यकाल जिल्ला सचिवको जिम्मेवारी पुरा गरीसकेका छन ।त्यस्तै उपसभापतीमा डा .अनिता ढुंगाना शाह र थानेश्वर घिमिरे,सचिवमा हरि काफ्ले र परमानन्द भट्टराइ सर्वसम्मत भएका छन । सहसचिवमा बिष्णु थापा र बासुदेव रिमाल निर्विरोध निर्वाचित भएका छन ।
गृहमन्त्री तथा काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण पछिल्लो एकसाता जिल्लामै बसेर सर्बसम्मत नेतृत्वकालागि पहल कदमी चालेका थिए । शनिबार सम्पन्न जिल्ला अधिवेशनको घोषणा सभालाइ भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री खाँणले काँग्रेसका आम कार्यकर्तालाइ साझा नेतृत्वको महशुस गराउँदै पार्टीलाइ थप गतिशिल बनाउन नवनिर्वाचित नेतृत्वलाइ निर्देशन दिए । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अधिवेशनमा अन्तरिक प्रतिश्पर्धा हुनु स्वभाविक भएपनि निर्वाचनबाट कसैले पनि हारको महशुस गर्नु नपरोस भन्ने उद्येस्यले रुपन्देहीबाट सहमती र एकताको सन्देश दिन सफल भएको बताए ।
गृहमन्त्री खाँणले काँग्रेस कमजोर हुँदा लोकतन्त्र र आम नेपाली नागरिक कमजोर हुने भन्दै अपसी सहमती र एकताले पार्टीलाइ मजबुद बनाउने बताए । उनले संविधानको कार्यान्वयन, नागरिक अधिकार र लोकतान्त्रीक गणतन्त्रको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताए । प्रतिनिधि सभा सार्बजनिक लेखा समितिका सभापती नेता भरत शाहले नेपाली काँग्रेसको आपसी एकता र सांगठनिक सुदृढतालाइ मजबुद बनाउन सर्बसम्मत नेतृत्व चयनमा जोड दिए । नेता शाहले नेपाली काँग्रेसका आम नेता कार्यकर्ताको जित र अपनत्वकालागि रुपन्देहीमा सर्बसम्मत रुपमा साझा नेतृत्व चयन गर्न सफल भएको बताए । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव,निर्वतमा सभापती अब्दुल रज्जाक, प्रदेश सांसद अष्टभुजा पाठक लगायतले बोल्दै नेपाली काँग्रेसलाइ बलियो बनाउन रुख चिन्नहलाइ माया गर्ने लाखौ मतदाताहरु एक हुनु पर्ने शन्देश रुपन्देहीबाट दिन सफल भएको बताए । निर्विरोध निर्वाचित जिल्ला सभापती रामकृष्ण खाँणले सिंगो पार्टी र काँग्रेसका आम कार्यकर्ताको भावना अनुरुप साझा नेतृत्वका रुपमा पार्टीलाइ थप गतिशिल बनाउँदै लैजाने प्रतिबद्धता जनाए । उनले आगामी आम निर्वाचनमा रुपन्देहीबाट तीन तहमै नेपाली काँग्रेसलाइ जिताएर पहिलो पार्टी बनाउने बताए ।
गृहमन्त्री खाँणको नेतृत्वमा सार्वजनिक लेखा समिति सभापती भरत शाह, संस्थापन इतर पक्षका नेता पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल,प्रतिनिधि सांसद प्रमोद यादव, प्रदेश सांसद अष्भुजा पाठक,निर्वतमान जिल्ला सभापती अब्दुल रज्जाक लगायतको सक्रियतामा शुक्रबारै जिल्लाको नेतृत्व सर्बसम्मत गराउने सहमती भएको थियो । सोही अनुरुप सम्पूर्ण पदमा सर्बसम्मत नेतृत्व चयन भएको हो । नवनिर्वाचित सभापती खाँण गृहमन्त्री खाँणका भाइ हुन । उनी संस्थापन पक्षका हुन । सभापती सहित एक सचिव र सहसचिव संस्थापन पक्षबाट ल्याइएको छ । एक उपसभापती भरत शाह पक्षबाट राखीएको छ । उपसभापती अनिता ढुंगाना शाह नेता शाहकी पत्नी हुन । एक उपसभापती,एक सचिव र एक सहसचिव संस्थापन इतर पक्षले पाएको हो । सदस्यमा पनि तीन पक्षबाटै भागबण्डा गरीएको छ ।निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले शनिबार सम्पन्न अधिवेशनबाट रामकृष्ण खाँणको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको जानकारी दिए । केन्द्रिय महाधिवेशन प्रतिनिधि अपाङ्ग एक र प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्ग एक जना पनि सर्वसम्मत चयन भएको घिमिरेले जानकारी दिए ।











