मत जित्न नसकेपनी मन जित्न सफल ई दिपेन्द्र क्षेत्री

प्रकाशित मिति:

काठमाडौ । नेपाली कांग्रेसका युवा नेता ई दिपेन्द्र क्षेत्री स्याङ्जा क्षेत्र नं २ वाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनीधीको उम्मेदवार बने संगै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समीतीका अध्यक्ष समेत रहेका क्षेत्री महाधिवेशन प्रतिनीधीमा पराजीत भएका छन् । महाधीवेशन प्रतिनीधीमा १० जना भित्रमा पर्नु पर्नेमा उनी १३ नम्वरमा परेका थिए । विजेता वन्न ३६ मत मात्र नपुगेर पराजीत भएपनी ४५५ जनाको मन जित्न सफल भएकोमा उनी खुसी छन् । वडा अध्यक्ष तथा क्षेत्रीय प्रतिनीधीहरुले दिएको मतले पार्टीमा निरन्तर सकृय भएर लाग्नका लागी प्रेरणा मिलेको उनले वताए । उनले भने महाधिवेशन पछी आफुलाई प्राप्त मतले नेपाली कांग्रेसलाई सबल र संगठीत वनाउने आफ्नो अभियानमा थप उर्जा मिलेको छ ।