एमाले महाधिवेशन : चुनावपछि ठूलो जनादेशसहित फर्किने उद्घोष

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औं महाधिवेशनले आगामी चुनावमा जनादेशसहित राज्यको नेतृत्वदायी पार्टीको रुपमा स्थापित हुने उद्घोष गरेको छ ।

चितवनको सौराहामा आज सम्पन्न महाधिवेशनले १७ बुँदे प्रस्ताव पारित गर्दै सो उद्घोष गरेको हो । त्यस्तै महाधिवेशनले एमालेले अघि सारेका योजना रोक्ने, राष्ट्रिय हित र स्वाभिमानमाथि आँच पुग्ने काम गर्न सरकारका ध्यानाकर्षण पनि गराएको छ ।

साथै शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर पीडितलाई न्याय र सजाय दिने दायित्वबाट सरकार आलटाल गरिरहेको आरोप लगाउलै अबिलम्ब पुरिपुरण गर्न माग पनि गरेको छ ।त्यस्तै अहिले राज्यका तीनवटै अंगले नागरिक विश्वास गुमाउँदै गएको पनि महाधिवेशनको ठहर छ ।