कौरव खत्री/मंसिर १४,बागलुङ- बागलुङ गलकोट नगरपालिकाको श्री लक्ष्मीनारायण मन्दिरको धार्मिक महोत्सवको नवौ दिन अर्थात् मगलबारसम्म जम्मा २ करोड,१५लाख नगद आर्थिक संकलन भएको महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटाले जानकारी दिनुभयो ।
गलकोट नगरपालिका ९ रिस्मी छिस दरबारमा गत मंसिर ६ देखि सञ्चालन भएको महायज्ञ आउदो २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्री लक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव सञ्चालन सञ्चालन हुनेछ ।धार्मिक महोत्सवमा सँवा करोड बत्ती बाल्ने,सम्पूर्ण धर्म गुरुहरुको उपस्थित तथा सन्तहरुको कुम्भ मेला एंव भजनकिर्तन,साँगतिक झाँकी सहितका साँस्कृतिक प्रस्तुतीहरु सञ्चालन भैरहेको छ ।
२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरमा महोत्सवबाट ५ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको महायज्ञ समितिका सचिव सापकोटाले जानकारी दिनुभयो । महोत्सवबाट संकलित रकमले विविध सेवा सहितको दिव्यधाम र लक्ष्मीनारायण मन्दिर जीर्णोद्धार गर्ने उद्देश्य सहित धार्मिक महोत्सव सञ्चालन भईरहेको छ ।









