भारतमा चाैथाे व्यक्तिमा पनि देखियाे ओमिक्राेन

प्रकाशित मिति:

काठमाडौं।भारतमा अर्को एक जनामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । महाराष्ट्रका एक ३३ वर्षीय पुरुषामा ओमिक्रोन देखिएको हो । उनी हालै दक्षिण अफ्रिकाबाट मुम्बई आएका थिए । उनीसँगै भारतमा ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या चार जना पुगेको छ । पेसाले समुद्री इन्जियर ती व्यक्तिले कोभिडको दुबै खोप लगाएका थिए ।

मुम्बई उत्रिएपछि उनलाई सामान्य ज्वरो देखिएको थियो । उनको मुम्बईस्थित कोभिड केयर सेन्टरमा उपचार भइरहेको छ ।उनको सम्पर्कमा रहेका अन्य २३ जना यात्रुहरुको पनि कोभिड परीक्षण गरिएको छ। उनीहरु सबैको नेगेटिभ रिपोर्ट आएको प्राप्त समाचारमा जनाइएको छ । यसअघि जाम्बियाबाट फर्किएका एक व्यक्तिमा पनि ‌ओमिक्रोन भेरयन्ट देखिएको थियो ।