कम्युनिष्ट आन्दोलनलाई जोगाउन एकीकृत समाजवादीः डा. चापागाईं

प्रकाशित मिति:

बुटवल, मंसिर २३ । नेकपा एकीकृत समाजवादी संगठन निर्माणमा तीब्र्र गतिमा अगाडि बढेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ का अगुवा नेता तथा कार्यकर्ताहरुको बैठक बिहीबार बिहान सम्पन्न भएको छ ।बैठकले एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य हरि पहारीको संयोजकत्वमा ६१ सदस्यीय वडा भेला आयोजक समिति गठन गरेको छ । उक्त कमिटीमा सो वडाबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला तथा पार्टी नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु स्वतः आयोजक कमिटीमा रहेका छन् । वडा अन्तर्गतका प्रत्येक टोलबाट दुई÷दुई जनाको प्रतिनिधित्व गराई आयोजक कमिटी गठन गरिएको छ ।

पार्टी बुटवल उपमहानगर कमिटीका अध्यक्ष चिन बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईंले केपी ओलीले एमालेलाई विसर्जन र सैद्धान्तिक रुपमा गन्तव्यहीन बनाएकाले कम्युनिष्ट आन्दोलनलाई जोगाउन र अग्रगामी यात्राका लागि एकीकृत समाजवादी पार्टीको निर्माण भएको बताए ।
त्यस्तैगरी पार्टी केन्द्रीय सदस्य तथा रुपन्देही उपाध्यक्ष सिद्धिचरण भट्टराईले नेपाली जनताको भावनाको कदर गर्दै समाज रुपान्तरणको अग्रगामी एजेण्डालाई समाजवादी पार्टीले नेतृत्व गर्दै अगाडि बढेको बताए ।पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य तथा होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हिराध्वज शाहले बुद्धिजीवी, समाजसेवी, उद्योगी र व्यवसायीहरुको दरिलो समर्थन र विस्वास समाजवादी पार्टीप्रति रहेको बताए ।

कार्यक्रममा पार्टी लुम्बिनी प्रदेश कमिटी सदस्य पम्फा खनाल चापागाईं, बुद्धिजीवी कमल भट्टराई, पार्टी जिल्ला कमिटी सदस्य तथा बुटवल नगर उपाध्यक्ष रुक्मागत घिमिरे, जिल्ला कमिटी सदस्य इन्सु मिया,पार्टी जिल्ला कमिटी सदस्य ऋषिराम बस्याल, पार्टी जिल्ला सदस्य तथा अनेमसंघ समाजवादी जिल्ला सह–सचिव शारदा पहारी भट्टराई, महिला नेतृ सरला शाह, सुस्मा भुसाललगायतले मन्तव्य राख्दै एकीकृत समाजवादी पार्टीको पक्षमा आम नागरिकको विश्वास र व्यापक समर्थन रहेको हुँदा संगठनलाई तीब्र गतिमा विस्तार गर्नुपर्नेमा जोड दिए ।