स्याङ्जाका तीन नगरपालिकामा ‘भैंसी जोन’ कार्यक्रम

प्रकाशित मिति:

भवानी अधिकारी   स्याङ्जा : दुध उत्पादनलाई व्यवसायमा जोड्ने उद्देश्यले स्याङ्जाका तीन नगरपालिकामा भैंसी जोन विकास कार्यक्रम सञ्चालन भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई कार्यालय स्याङ्जाअन्तर्गत वालिङ, गल्याङ र भीरकोट नगरपालिकामा भैँसी जोन व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र विकास कार्यक्रम चालु आर्थिक वर्षदेखि सञ्चालन भएको हो।

तीन पालिकाका २६ वटा वडामा जोन कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख माधवप्रसाद लम्सालले जानकारी दिए। उनका अनुसार, ‘वालिङ्का १४, गल्याङ् र र भीरकोटका ६र६ वडामा भैंसी पालनलाई प्रोत्साहन दिई दुध उत्पादनमा व्यवसायीकरण गरिनेछ।’वालिङ नगरपालिकाका १ देखि १४ वटा वडामा, गल्याङ्का १, २, ८, ९, १०, ११ र भीरकोटका १, २, ४, ५, ६, ७ वडामा परियोजना सञ्चालन गरिएका हुन्। खाद्य उत्पादनमा जोड दिँदै कृषि औद्योगिकरण उन्मुख आर्थिक अवसर जुटाउने परियोजनाको लक्ष्य रहेको छ।जोन क्षेत्र अन्तर्गत १ हजार वटा दुहुना भैंसी र दिनहुँ ५ हजार लिटर दुध उत्पादन गर्नुपर्नेछ। एउटा किसान परिवारले व्यवसायीक रुपमा कम्तिमा २ वटा दुहुना भैंसी पालेको हुनुपर्ने प्रावधान छ। जोन परियोजनाले चिलिङ् भ्याटसहितको संकलन केन्द्र, गोठरभकारो सुधार, घाँस उत्पादन, तालिम, उपचार, कृत्रिम गर्भाधान, उन्नत भैंसी खरिद र दुध संकलन ढुवानी सवारी साधन खरिदमा सहयोग हुने प्रमुख लम्सालले जनाए।

पशुपालनसँगै कृषिलाई व्यवसायिकतामा जोड्न सके मात्र सफलता पाइने बताउदै भैंसी जोन कार्यक्रम फलदायी हुने बताउँदै नगरपालिकाले सहकार्य गर्नेमा एकमत देखिन्छन् ३ वटै नगरप्रमुख पनि। वालिङ नगरप्रमुख दिलिपप्रताप खाँण, भीरकोट नगरप्रमुख छायाराम खनाल, गल्याङ नगरप्रमुख भूपराज अधिकारीले यस्ता कार्यक्रमले वास्तविक किसानलाई थप प्रोत्साहित गर्ने बताए।किसानका माग र वस्तुस्थितिका बारेमा बृहत अध्ययन अवलोकनका आधारमा परियोजना सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याङ्जाले जनाएको छ।

भैँसी जोन सञ्चालन समन्वय समिति- परियोजनालाई प्रभावकारीरुपमा संचालन गर्नका लागि पुण्यप्रसाद अर्यालको संयोजकत्वमा ९ सदस्यीय भैँसी जोन सञ्चालन समन्वय समिति गठन भएको छ। समितिको उपसंयोजकमा सीतादेवी मरासिनी, सचिवमा रुमलाल कंडेल, सहसचिवमा भीमप्रसाद भण्डारी, कोषाध्यक्षमा अशोक तिवारी र सदस्यमा भीमलाल अर्याल, विष्णु खनाल, टिकाराम रेग्मी र कमला पंगेनी चयन भएका हुन्।