पश्चिम नवलपरासीको पिपरामा लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न,

प्रकाशित मिति:

पश्चिम नवलपरासीमा लैगिंक हिंसा विरुद्ध १६ दिने अभियान चलिरहदा सरावल गाउँपालिकाको आयोजनामा लैङ्गिक हिंसा तथा बालविवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम विहिबार सरावल ३ पिपरामा सम्पन्न भएको छ । सरावल वार्ड नम्बर ३ का वडाध्यक्ष अणेन्द्र नाथ रायको अध्यक्षता तथा सराल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट आतिथ्यातामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिला हिंसा अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउँदै लैङ्गिक हिंसा अन्त्यका लागि स्थानिय सरकारले पनि नयाँ कार्यक्रम ल्याउनु ल्याउने योजनामा रहेको बताउनुभयो ।

साथै दैनिक रूपमा महिलामाथि हिंसा भइरहेकोले यसको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने कुरामाथि जोड समेत दिनुभयो । सो अवसरमा विशिष्ट अतिथि पौडेल, बाल मुकुन्द चौधरी, मेलमिलाप कर्ता शुसिल हरिजन, एबिसि नेपालकी फिल्ड सुपरर्वाजर साइदा निशा पठान, विपत ब्यवस्थापन फोकल पर्सन मोहम्मद रज्जाक, सरावल २ सवांद किशोर किशोरी सञ्जालकी अध्यक्ष दिब्या कुमारी चौधरी लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा सञ्जालका पदाधिकारी, समाजसेवी बुद्धिजिवी, महिला लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रममा स्वागत मन्तब्य सञ्जालकी दुर्गा विकले राख्नुभएको थियो ।