नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा पुबुदु दासानायकेको कमब्याक, खेलप्रेमी उत्साहित

प्रकाशित मिति:

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुबुदु दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । नेपालले मुख्य प्रशिक्षकमा दासानायकेलाई नियुक्त गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई समेत जानकरी गराएको छ । अब क्यानको बोर्ड बैठक बसेर दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्ति गरेको निर्णय अनुमोदन गर्नेछ । यस अघि दासानायके सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । उनकै प्रशिक्षणमा नेपालले पहिलो पटक सन् २०१४ मा आईसीसी टी–ट्वान्टी विश्वकप खेलेको थियो । दासानायकेलाई नेपालको एक सफल क्रिकेट प्रशिक्षको रुपमा लिइन्छ ।

त्यसैले दासानायकेको कमब्याक हुन लागेकोमा नेपाली खेलप्रेमीहरु उत्साहित भएका छन् । मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो ।ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।